बस र ट्रक आपसमा ठोक्किदा ३१ घाइते,पाँचको अवस्था गम्भिर
पाल्पा, कार्तिक २९ - सुर्खेतबाट भ्रमणका लागि हिडेको बस मंगलवार पाल्पाको चुच्चेवारीमा दुर्घटना हुंदा ३१ जना घाइते भएका छन् । पाँचको अवस्था गम्भिर छ ।पोखरावाट पाल्पा हुदै सुर्खेत जादै गरको ना ४ ख ३८२७ नम्वरको बस र बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख. ५१७३ नम्बरको ट्रक ठोक्किदा दुघर्टना भएको हो । दुघर्टनामा परी ५ जनाको अवस्था गम्भिर रहेको लुम्विनी मेडिकल कलेज, प्रभास पाल्पाले जनाएको छ ।
बसका चालक पाँचथर जिल्लाको शिव–७ का ३७ वर्षीय डिलबहादुर आङ्दाम्बे, ट्रकका चालक पाल्पा खस्यौली–१ का ३० वर्षीय भीमसेन दंगाल गंम्भिर घाइते भएका छन् । यस्तै, सुर्खेत लाटीकोईली–१ का १४ वर्षीया तारा बुढा, विरेन्द्रनगर जरखुट्टा–१ की २७ वर्षीय पार्वती रुचाल, सोही ठाउकै ५२ वर्षीय रत्नप्रसाद कँडेल घाइते भएको प्रहरीले जनाएको छ । सुर्खेतबाट भ्रमणका लागि हिडेको बस पोखरा पुगेर पाल्पामा आइपुग्दा दुघर्टनामा परेको हो । घाइतेको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको अस्पतालले जनाएको छ । ट्रक र बसको अगाडिको भाग क्षतविक्षत भएको छ । मंगलवार अवेरसम्म राजमार्गबाट नहटाउदा एकतर्फिमात्र यातायात संचालनमा छ ।
स्रोत :कांतिपुर