बेलायतले अन्तर्राष्ट्रिय ग्रयाजुएट्स विद्यार्थीहरुलाई सहजै वर्क परमिट सुविधा दिने
लन्डन, कार्तिक २९ - बेलायत सरकारले अन्तर्राष्ट्रिय ग्रयाजुएट्स विद्यार्थीहरुलाई अप्रिल २०१२ पछि सहजै ‘टियर टु’ अर्थात वर्क परमिट सुविधा दिने भएको छ । सरकारले अप्रिल २०१२ मा हट्ने पोष्ट स्टडी वर्क (पिएसडब्लु) रुटको सट्टा झन् सहज रुपमा ‘टियर टु’ भिसा दिने व्यवस्था गर्न लागेको हो ।
युकेबीएको पोलिसी टिमसंग आवद्ध रहेर काम गरिरहेका अध्यागमन मामिलाका जानकार निकोला कार्टर, फिलिप बार्थ र इफुन चिनले सो जानकारी दिएका हुन् । उनीहरु आवद्ध पेनिङटन्स् सोलिसिटर्सको अध्यागमन क्षेत्रमा बेग्लै प्रतिष्ठा छ ।
बेलायत सरकारद्वारा प्रकाशित जानकारी उदृत गर्दै निकोला कार्टरले ग्रयाजुएट्स विद्यार्थीहरु ‘टियर टु’ मा सजिलै जान सक्ने जनाइन् । ‘हामीलाई जानकारी भएअनुसार अप्रिल २०१२ पछि ग्रयाजुएट्स विद्यार्थीलाई ‘टियर टु’ मा जान रोजगारदाताबाट सर्टिफिकेट्स अफ स्पोन्सरसीप (सिओएस) जारी गरिरहनु पर्ने वाध्यता हुने छैन् र सरकारले पनि यसमा कुनै बन्देज लगाउने छैन्’ कार्टरको भनाई छ ।
सरकारले ‘स्टुडेन्ट इन्टरप्रिनर क्याटगोरिज्’ आगामी अप्रिल २०१२ पछि कार्यान्वयनमा ल्याउंदैछ । बेलायत सरकारले ‘ब्राइटेष्ट एण्ड ब्रेष्ट’ विद्यार्थी आकर्षित गर्न यो नियम ल्याउन लागेको हो ।आउन लागेको नयाँ व्यवस्था अनुसार, जेहेन्दार र सक्षम टियर फोर विद्यार्थीले ग्रयाजुएट्स सक्ने वित्तिकै टियर टु मा जान सक्ने छन् । मार्च २०११ को ‘स्टुडेन्ट्स भिसाः स्टेटमेन्ट अफ इन्टेन्ट एण्ड ट्रान्जिसनल मिजर्स’ डकुमेन्ट्सको पृष्ठ १४ मा यससम्बन्धि विस्तृत जानकारी छ ।
परिवर्तित भिसा नियमले चिन्तित विद्यार्थीहरुलाई यो परिवर्तनले राहत पुग्ने विश्वास गरिएको छ । विशेषगरि कमाउन भन्दा अध्ययनप्रति समर्पित विद्यार्थीहरु यसबाट लाभान्वित हुन सक्नेछन् ।यतिखेर अधिकांश नेपाली विद्यार्थी अब निजी कलेजको अस्तित्व रहने छैन् भन्ने हल्लाले कि त युरोप पलायन कि त कलेज नै हाजिर नभई काममा रातदिन खटिइरहेको अवस्था छ । तर, निजी कलेज सञ्चालकहरु हल्ला फैलाइए जस्तो भयावह स्थिति नरहेको बताउंछन् । ‘आउन लागेको नयां नियमले मिहिनेत गरेर यूकेबाट डिग्री हासिल गर्ने विद्यार्थीलाई अझै भविष्य छ भन्ने प्रमाणित गर्दछ’–हाइली ट्रष्टेड साउथ लन्डन कलेजका प्रिन्सिपल निक एन्ड्रयुले भने । उनले विश्वविद्यालयमा शुल्क ज्यादै महंगो हुने भएकाले हाइली ट्रष्टेड निजी कलेजबाट डिप्लोमा र ग्रयाजुएट डिप्लोमा हुंदै अन्तिम वर्ष विश्वविद्यालयको डिग्री लिन सस्तो र सहज हुने समेत बताए ।
स्रोत :कान्तिपुर