|

गजल

सुनाकै हुँ मैले आफ्नो हाल तिमी सँग ।
जानी जानी बुन्या थिईन जाल तिमी सँग ।।

थाहा थियो म दुखको समुन्द्रमा थिएँ।
छोएर त गएकै थियो छाल तिमी सँग ।।

कति सक्छु टालुँ भन्थेँ चुहिएको भाग्य ।
मागेकै थेँ दुई चार वटा साल तिमी सँग ।।

पर्खाएर अन्त लाग्ने नियत थिएन ।
खेल्या थिईन झुक्याउने जाल तिमी सँग ।।

निशाना त्यो सोझ्याउ बरु यै छाती तिर ।
हातैमा रैछ भरिएको नाल तिमी सँग ।
लेखक :राज अबिरल यात्री
रचना-27 /09/011
(कन्याम, ईलाम) हाल क्वालालम्पुर ।

Posted by Yam on 1:54 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल"

Leave a reply