कास्की जिल्ला तेक्वान्दो सङ्घको प्रथम जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा गुरुङ
पोखरा, २६ कात्तिक।कास्की जिल्ला तेक्वान्दो सङ्घको प्रथम जिल्ला अधिवेशन आगामी तीन वर्षको लागि नयाा कार्यसमितिको चयन गर्दै शनिबार सम्पन्न भएको छ।पोखराको मासबारस्थित स्टेप बाई स्टेप उमाविको प्रा·णमा सम्पन्न अधिवेशनले जगन बहादुर गुरुङको अध्यक्षतामा नयाा कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा अर्जुन थापा, सचिवमा प्रेमनारायण न्यौपाने, सहसचिवमा निर्मला बराल, कोषाध्यक्षमा ललितबहादुर धामी तथा सदस्यहरुमा क्या. भूपालसिंह गुरुङ, सुनिल गुरुङ, कुमार गुरुङ र राजन पौडेल रहेका छन्।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगर, सदस्यहरु विष्णुप्रसाद लम्साल र मीनराज काÇले, केन्द्रीय प्रतिनिधि नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य हरिश्वर पोखरेल, पूर्व सल्लाहकारहरु योगेन्द्र बस्नेत, रत्नमान गुरुङ, रमेश भट्टचन, स्टेप बाई स्टेप उमाविका संस्थापक निर्देशक निर्मला बराललगायतले खादा लगाएर प्रमाणपत्र प्रदान गरेका थिए।
नेपाल तेक्वान्दो सङ्घको विधानअनुसार निर्वाचन विधिबाट ५० प्रतिशत तथा मनोनीत विधिबाट ५० प्रतिशत कार्यसमितिमा आउने व्यवस्था छ। अध्यक्षले एक उपाध्यक्ष र चार सदस्य मनोनय गर्न पाउने प्रावधानअनुरुप अध्यक्ष गुरुङले द्वितीय उपाध्यक्षमा राजु श्रेष्ठ र महिला सदस्यमा प्रभा गौतमलाई मनोनयन गरेका छन्।जिल्ला खेलकुद विकास समितिबाट एक जना प्रतिनिधि आउने व्यवस्था छ भने बााकी तीन सदस्य सङ्घको पहिलो बैठकले मनोनीत गर्ने छ।
यस्तै सल्लाहकारमा योगेन्द्र बस्नेत, रत्नमान गुरुङ, रमेश भटट्चन, हरिश्वर पोखरेल चयन भएका छन्।
अधिवेशनमा सचिव प्रेमनारायण न्यौपानेद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजु श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा अध्यक्ष जगन बहादुर गुरुङद्वारा प्रस्तुत आगामी वर्षको वार्षिक कार्ययोजना छलफलसहित पारित भएको थियो।
यसअघि अधिवेशनको उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सबैभन्दा धेरै मेडल दिलाउन सफल तेक्वान्दोले कास्की जिल्लामा पनि प्रगतितिर उन्मुख भएको भन्दै प्रशंसा गरे। उनले तेक्वान्दो सङ्घ कास्कीमा क्रियाशील सङ्घमध्येमै पर्ने दाबी गरे।उनले सङ्घद्वारा सञ्चालित खेलाडी कल्याणकारी अक्षयकोषको लागि समितिबाट तीन हजार रूपैयाा उपलब्ध गराउने घोषणा गरे। कोषमा हालसम्म करिब १० हजार जम्मा भइसकेको छ।यस वर्ष कोषमा ५० हजार पुर्याउने सङ्घको लक्ष्य रहेको सङ्घका अध्यक्ष जगन बहादुर गुरुङले जानकारी दिए। उनले तीन वर्षे कार्यकालभित्र पोखरा र·शाला परिसरमा तेक्वान्दोको छुट्टै तालिम हल निर्माण गर्ने नर्या कार्यसमितिको मुख्य काम भएको बताउादै यस वर्ष शिलान्यास गरिने जानकारी दिए।
नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य हरिश्वर पोखरेलले खेलकुदको विकेन्द्रीकरण हुनुपर्छ भन्ने पहिmो मान्यतालाई कास्की जिल्ला तेक्वान्दो सङ्घले प्रमाणित गरेर देखाएको दाबी गरे।उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अझ उत्कृष्ट कार्य गरेर सि·ो नेपालको इज्जत राख्न सुझाव पनि दिए।
सो अवसरमा प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगर, सदस्य विष्णुप्रसाद लम्साल, मीनराज काÇले, पूर्व सल्लाहकारहरु रत्नमान गुरुङ, स्टेप बाई स्टेप उमाविका संस्थापक निर्देशक रमाकान्त बरालले नवनिर्वाचित कार्यसमितिलाई बधाईसहित शुभकामना दिएका थिए। कार्यक्रममा निर्वाचन समितिका सदस्यहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।
कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अर्जुन थापाले स्वागत मन्तव्य तथा सचिव प्रेमनारायण न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए।तेक्वान्दो खेललाई संस्थागत तरिकाले विकास र विस्तार गर्ने उद्देश्यले वि.सं. २०६४ सालमा कास्की जिल्ला तेक्वान्दो सङ्घ गठन गरिएको थियो।
तस्विर: कास्की जिल्ला तेक्वान्दो सङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु, अघिल्लो लाइनमा