शिक्षकको माग गर्दै बिधार्थीहरुद्वारा बिधालयमा तालाबन्दी
कृष्ण आचार्य,कार्तिक २७ - दैलेख | मालिका उच्च माध्यामिक बिधालय लालिकाडा ४ मकुटक दैलेखमा अध्यानरत बिधार्थीहरुले अहिले सम्म पनि गणित र बिज्ञान शिक्षक बिधालयमा नआयको भन्दै आज ३ बजे देखि बिधालयमा तालाबन्दी गरेका छन । टेष्ट र एस.एल सी परिक्षा नजिकै आएपनि आज सम्म कोर्ष नै सुरु नभएकाले तत्काल गणित र बिज्ञान शिक्षकको माग गर्दै बिधालयमा ताला बन्दी गरिएको बिधार्थी टोपेन्द्र खड्काले जानकारि दिएका छन । शिक्षक ल्याउने बिषयमा बिधालय ब्यबस्थापन समितिले पनि कुनै पहल नगरेको समेत बिधार्थि खड्काले बताएका छन । त्यस्तै ज्वाला उच्च माबि बेस्तडामा पनि शिक्षक हरुले बिना जानकारि बिधालय छोडेको भन्दै अबिभाबक हरुले आज बाट अनिश्चित कालका लागि बिधालयमा ताल लगायका छन् । गत १६ गते देखि बिधालयका प्रधानाध्यपक देबेन्द्र अधिकारि लगाएतका अन्य ६ जना श्क्षिकहरु बिधालयमा अनुपस्थिती भएको भन्दै बिधालयमा ताल बन्दी गरेको अबिभावक हरुले जानकारि दिएका छन ।
