|

साउदीद्वारा हस्तलिखित राहदानीमा भिसा लगाउन आइतबारदेखि अस्वीकार

काठमाडौ, कार्तिक २८ - साउदी अरबले नेपाललाई जानकारी नदिई हस्तलिखित राहदानीमा भिसा लगाउन आइतबारदेखि रोक लगाएको छ । नेपालीका लागि तेस्रो गन्तव्य मानिएको साउदीमा ५ लाख नेपाली कार्यरत छन् ।
वैदेशिक रोजगारमा जाने कामदारको हस्तलिखित राहदानी बोकेर बंगलादेश पुगेका म्यानपावर कम्पनीका प्रतिनिधिहरू भिसा नलगाइदिएपछि फर्किएका छन् । साउदी जाने कामदारको भिसा लगाउन म्यानपावर कम्पनी बंगलादेशस्थित साउदी दूतावास पुग्नुपर्ने बाध्यता छ ।

फरेन इम्प्लोइमेन्ट एसोसियसनका अध्यक्ष प्रेम कटुवालले भिसा लगाउन गएको ६० वटा म्यानपावर कम्पनीका प्रतिनिधि फर्किएको बताए । ‘हामीले सधैं जसरी छनोटमा परेका कामदारको भिसा लगाउन बंगलादेश पठाएका थियौं,’ अध्यक्ष कटुवालले भने, ‘बिनासूचना एमआरपी (मेसिन रिडेबल पासपोर्ट) बाहेकका हस्तलिखित राहदानीमा भिसा नलगाउने भन्दै फर्कादिए ।’

साउदी दूतावासले आफ्नो सरकारको सर्कुलरअनुसार एमआरपीबाहेक हस्तलिखित राहदानीलाई मान्यता नदिएको जनाएको छ । यसबारे बंगलादेशस्थित दूतावासले साउदी राजदूतस“ग छलफल गरेको छ । ‘साउदी राजदूतले हामीलाई आफ्नो सरकारको सर्कुलरअनुसार हस्तलिखित राहदानीमा भिसा नदिएको जानकारी दिनुभयो,’ बंगलादेशस्थित नेपाली दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले कान्तिपुरलाई भने, ‘नेपाल सरकारले जारी गरेको हस्तलिखित राहदानीले २०१५ अप्रिलसम्म मान्यता पाउने आइकोवास“गको सम्झौताबारे जानकारी गराउ“दै यसलाई निरन्तरता दिन आग्रह गरेका छौं ।’

व्यवसायीले यसबारे बंगलादेशस्थित नेपाली दूतावासमा डेलिगेसन गएपछि मात्रै सरकारले जानकारी पाएको हो । उनका अनुसार यो विषयमा परराष्ट्र मन्त्रालयमा जानकारी दिइसकेको छ ।साउदी राजदूतले आफ्नो सरकारको अर्को निर्देशन नआएसम्म निर्णय यथावत् रहने बताएका छन् । ‘हामीले उहा“लाई गरेको आग्रहप्रति सकारात्मक हुनुभएको छ,’ अर्यालले भने, ‘उहा“ले हामीले राखेको आग्रहलाई आफ्नो मन्त्रालयलाई प्रस्टरूपमा राख्ने र त्यहा“बाट अर्को निर्देशन नआएसम्म अहिलेको हस्तलिखित राहदानीमा भिसा नदिने नीति भने यथावत् रहनेछ ।’

साउदीस्थित नेपाली दूतावासले भने साउदीले अग्रिम जानकारी नदिएको बताएको छ । ‘हामीले यसबारे औपचारिक कुनै जानकारी दिएको छैन,’ साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘साउदी सरकारस“ग कुरा गर्न हामीले परराष्ट्र मन्त्रालयको पत्र पर्खिबसेका छौं ।’
                                                                                                                                           स्रोत :कांतिपुर 

Posted by Butwalonline on 8:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साउदीद्वारा हस्तलिखित राहदानीमा भिसा लगाउन आइतबारदेखि अस्वीकार"

Leave a reply