नेपाली सेनाको विमान दुर्घटना
काठमाडौं, कार्तिक १ - नेपालगन्जबाट काठमाडौंका लागि विरामी लिएर आएको नेपाली सेनाको आइल्याण्डर विमान मंगलबार साँझ बाग्लुङको बोवाङमा दुर्घटनाग्रस्त भएको छ ।सहायक प्रवक्ता महासेनानी कुवेर थापाले दिएको जानकारी अनुसार सेनाको आरएएन ४९ बीएन २ टी विमान साँझ ७ बजेर ६ मिनेटदेखि सम्पर्कविहीन भएको हो। विमानमा चालक दलका सदस्यसहित ६ जना रहेको सेनाले जनाएको छ।विमानमा चालक र चिकित्सकसहित ६ जना सदस्य रहेको प्रवक्ता थापाले जानकारी दिए । उनका अनुसार सेनामा कार्यरत केशवसिंह ऐरी विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइँदै थियो । विमानमा उनका दाजु रामसिंह ऐरी, विमान चालक क्या. दिवाकर कार्की, विकाससिंह राठौर, डा. रविता पाठक र निरन गोतामे थिए ।विमान दुर्घटना भएको भनिएको क्षेत्र जंगल पदर्छ ।प्रत्यक्षदर्शीहरुले आगो लागेर विमान खसेको देखिएको बताएका छन् ।
थप जानकारी आउन बाँकी।
थप जानकारी आउन बाँकी।