के तपाई पनि नेपाल सरकारलाई सुझाब दिन चाहनु हुन्छ ?
काठमाडौ, आश्विन २९ - प्रधानमन्त्री कार्यालयमा जनताको गुनासो सुन्नका लागि सुरु गरिएको २४ घण्टे 'हेलो सरकार' कार्यक्रमका लागि ११११ नम्बरको टेलिफोन र १११० नम्बरको फ्याक्स राखिएको छ ।
कार्यालयले जारी गरेको प्रेस नोट अनुसार ति दुवै नम्बर निशुल्क छन् ।
२४ सै घण्टा खुल्ला रहने हेलो सरकार डेस्कले हरेक मन्त्रालयबाट हुने नीतिगत निर्णय, कार्यसञ्चालन, शान्ति र सुशासन व्यवस्थापन तथा सञ्चालनलाई समेत व्यवस्थित गर्ने जनाईएको छ ।
हेलो सरकार कक्ष सञ्चालन गर्नकालागि सरकारले ‘हेलो सरकार’ कक्ष सञ्चालन निर्देशिका, २०६८ पारित गरेको थियो । प्रधानमन्त्री कार्यालयमा रहेको यो कक्षमा २४ सै घण्टा सातै दिन सहसचिवको सुपरिवेक्षण रहने छ । चार सिफ्टमा सञ्चालन हुने कक्षमा हरेक सिफ्टमा उपसचिव एक, टेलिफोनमा दुईजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एक गरी पाँच जनाको जनशक्ति रहने छ ।
आएका सुझाव तथा गुनासाहरुलाई सोही माध्यमबाटै यथासम्भव सुनुवाई हुने बताइएको छ । उक्त कार्यालयलाई सम्बन्धित मन्त्रालयका अधिकारीबाट सम्बोधन नभए वा लापरवाही भए तत्काल विभागीय कारवाहीका लागि सिफारिस गर्न सक्ने समेत अधिकार निर्देशिकाले प्रदान गरेको छ ।
दिइएको टेलिफोन नम्बनर ११११ तीन घण्टी भित्रै उठ्ने उल्लेख गर्दै गुनसोहरु नदोहोर्याउन भनिएको छ । त्यस्तै जनताबाट प्रप्ता गुनासा, माग तथा सुझावलाई अभिलेखको रुपमा राख्ने व्यवस्था समेत गरिएको छ ।
स्रोत :कान्तिपुर न्युज