|

बस दुर्घट्ना, ३५ यात्रु घाइते

काठमाडौ, कार्तिक ४ - बनेपाबाट नेपालथोक जाँदै गरेको बा१ख ६५९७ नम्बरको यात्रुबाहक बस बीपी राजमार्गको खनालथोक–२ स्थित राममार्गमा शुक्रबार साँझ दुर्घट्ना हुँदा ३५ यात्रु घाइते भएका छन् ।

एकको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् । घाइतेहरुलाई उपचारको लागि शीर मेमोरियल अस्पताल बनेपा र धुलीखेल अस्पतालमा ल्याइदै गरेको छ ।

घाइतेको उद्दारको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी हिंडी सकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद मैनालीले बताए । ओभरटेक गर्दा दुर्घटना भएको काभ्रे ट्राफिक प्रमुख गोविन्दबहादुर कार्कीले जानकारी दिए । बस दाप्चा खोलामा खसेको थियो ।
स्रोत:कान्तिपुर न्युज 

Posted by Butwalonline on 4:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बस दुर्घट्ना, ३५ यात्रु घाइते"

Leave a reply