|

दाउराले हिर्काएर बाबुको हत्या

पाल्पा, कार्तिक ४ - पाल्पाको भूवनपोखरी गाविस २ मा छोराले दाउराले हिर्काएर आफ्नै बुबाको हत्या गरेका छन् ।

४३ वर्षीय दिपबहादुर आलेले ७५ वर्षीय बाबु बसन्तबहादुर आलेलाई चिर्पटले हिर्काएर हत्या गरेका हुन् । छोराको कुटाइबाट घाइते भएका बृद्धको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार घाइते भएका बसन्तलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार गरेर घर लगेपछि उनको मृत्यु भएको छ । छोरा दिप बहादुर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ ।

सामान्य झगडाको क्रममा बाबुले समात्न आएपछि चिर्पटले हिर्काएको प्रहरीको बयानमा छोरा दिपले भनेका छन् ।
स्रोत :कान्तिपुर न्युज 

Posted by Butwalonline on 4:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दाउराले हिर्काएर बाबुको हत्या"

Leave a reply