|

गजल


दुई मुटु एउटा भाथ्यो छुटायौरे भन्छन् हो र?
यता देखी चुडी अन्तै जुटायौरे भन्छन् हो र?

आज भोली किन किन परिवर्तन जस्तो लाग्छ,
समवन्ध को साईनो पनि टुटायौरे भन्छन् हो र?

एउटा संग नाता जोड्ने अर्को लाई माया दिने,
घरी यता घरी उता कुटायौरे भन्छन् हो र?

देखेकी थ्यौ अनगिन्ती सपना का महल हरु,
तिनै लाई ऐना सरी फुटायौ रे भन्छन् हो र?

समाजमा ईज्जतलाई नाना थरी नाम दिंदै,
ख्याल नगरी अस्मितालाई लुटायौरे भन्छन् हो र?

२०६७/०७/०४
अशोक गौतम क्षितिज
मो- ९७४१२२१९४४

Posted by Butwalonline on 10:04 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल"

Leave a reply