|

नेपाल सरकारले आज राहत कार्यक्रमको घोषणा गर्यो

काठमाडौँ, भदौ २३-नेपाल सरकारले आज बिहान एक पत्रकार सम्मलेन गर्दै राहत कार्यक्रम को घोषणा गरेको छ| हिजो बिहीबार नै घोषणा गर्ने कार्यक्रम भए पनि सरकारमा सम्मिलित मधेश मंत्री हरुको असहमति का कारन आज घोषणा गरिएको हो |'तत्काल राहत कार्यक्रम २०६८' शीर्षकको कार्यक्रम अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका थिए। कार्यक्रममा द्वन्द्वकालमा कब्जा गरिएका सबै निजी र सार्वजनिक सम्पतिहरु फिर्ता गर्ने, विगतका विभिन्न आन्दोलनका क्रममा सहिद भएकाको परिवार र पीडितलाई विशेष राहत कार्यक्रमका लागि निर्देशिका बनाइने उल्लेख छ।भ्रष्टाचारको नियन्त्रणका लागि प्रधानमन्त्रीको कार्यालयमातहतमा विशेष भ्रष्टाचारविरोधी युनिट खडा गर्ने र त्यसले सरकारी कार्यालयमा भइरहेका अनियमितताबारे सर्वसाधारणको गुनासोसमेत स‌ंकलन गरी त्यसमा कारबाही अघि बढाउने कार्यक्रममा उल्लेख छ।

घोषित राहतको कार्यक्रममा कालोबजारी र मिसावट नियन्त्रण गर्न प्रभावकारी अनुगमन गर्ने, रासायनिक मलको सहज आपूर्तिको व्यवस्था मिलाउने, एक महिनाभित्र लोडसेडिङ कम गर्न प्रभावकारी कार्यक्रम ल्याउने, कर्णालीका दुर्गम जिल्लामा सुपथ मूल्यका पसल सञ्चालन गरिने, खाद्यान्न आपूर्तिमा सहज व्यवस्था गर्ने उल्लेख छ।

त्यसैगरी निजी काममा लगाएका सुरक्षाकर्मी हटाउने, मदिरा सेवन गरेर गाडी चलाउनेलाई कारबाही गर्ने, फोहर व्यवस्थापनमा अवरोध पुर्‍याउनेलाई कडा कारबाही गर्ने, ५ सय नेपालीलाई रोजगारी दिएको उद्योगमा ५ जना प्रहरी सुरक्षाका लागि राख्ने घोषणा सरकारले गरेको छ।

सार्वजनिक बिदा घटाउने, किसानलाई सहज ढंगले ऋणको व्यवस्था गर्ने, ग्रामीण क्षेत्रमा विद्युत जडान निः शूल्क गर्ने, चुरोट र रक्सी तोकिएको पसलबाट निश्चित उमेर समूहकालाई बिक्रीको व्यवस्था मिलाउने घोषणा पनि सरकारले गरेको छ।

राहत कार्यक्रमको पूर्ण विवरण को लागि यहाँ क्लिक गर्नु होला|

स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 10:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल सरकारले आज राहत कार्यक्रमको घोषणा गर्यो"

Leave a reply