दुर्घटनामा दुईको मृत्यु
मुक्तिप्रसाद न्यौपाने
पाल्पा, २३ भदौ
बुटवल बाट तम्घास जादै गरेको लु १ ख ४९५८ नम्बरको बस पाल्पाको तान्सेन स्थित अपु भिलेज नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने कारीब २५ जना घाइते भएका छन । मृत्यु हुनेको सनखत हुन सकेको छैन । बस सडक बाट करीब ५० मिटर तल खसेको छ । घाइते हरुको पाल्पाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भईरहेकोछ ।