|

माओवादीका फरकफरक समूह पाल्पामा

मुक्तिप्रसाद न्यौपाने
पाल्पा, १२ असोज
जिल्लामा एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका फरकफरक समूहको भेटघाट पत्रकार अन्तक्रिया तथा कार्यकर्ता प्रशिक्षण भएको छ ।
प्रधानमन्त्रि तथा एकिकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईका विचार बोकेका पोलिटव्यूरो सदस्य राम कार्की पाल्पामा पत्रकार अन्तक्र्रिया गरेको भोलीपल्ट उपाध्यक्ष मोहन वैद्य समूहका नेत्रविक्रम चन्द विप्लप पाल्पामा आएर कार्यक्रर्ता प्रशिक्षण तथा अन्तक्रिया गरेकाछन् । जिल्लामा फरक–फरक धारको अन्तक्रिया भएको यो पहिलो पटक हो ।
नेता कार्कीले आफु घुम्दै आउादा पाल्पामा पहिलो पटक आएको त्यो पनि संगठनका साथिहरुको आग्र्हलाई अस्विकार गर्न नसकेर यहि बाटो बुटवल जाने क्रममा पाल्पामा पत्रकार अन्तक्रिया गरेको बताएकाथिए । विप्लपले भने जिल्लाका नेता तथा कार्यकर्ता बटुलेर अन्तक्रिया तथा प्रशिक्षण प्रदान गरेका थिए । अनतक्रिया कार्यक्रममा मगरात राज्य समितिका सचिव पूर्ण घर्ति मगर, जनस्वयंसेवक व्यूरो इन्चार्ज धु्रवराज घिमिरे, जिल्ला अध्यक्ष धिरज रानाको सहभागिता रहेको थियो । माओवादीका पाल्पा जिल्ला सचिव नेत्रप्रसाद पाण्डे भने विप्लपले गरेको कार्यक्रममा पार्टीको आधिकारीक भेला नभएको भनेर गएका थिएनन् ।
पत्रकार अन्तक्रियामा बोल्दै राम कार्कीले प्रधानमन्त्रिले गरेका कार्यले जनतामा वितृष्णा हटाएको र ठूलो आशा जनतामा रहेको बताउादै एकिकृत क्रान्तिकारी विचारधारामा द्धन्द्ध हुनुलाई ठूलोरुप बनाउन नहुने बताएका थिए । यता बुधबार भएको अर्को पत्रकार अन्तक्रियामा नेता नेत्रविक्रम चन्द विप्लपले मजदुरका हक, जनताका अधिकारलाई कुठाराघात गर्न नहुने भन्दै चावि बुझाउने कुरा भैसके पनि आफुहरुले आत्मसमर्पण गरेको नसम्झन आग्रह गरेका थिए । पार्टी फुटेमा के हुन्छ भन्ने पत्रकारको जिज्ञाशामा विप्लपले आकाश खसे के हुन्छ भनेर कल्पना गर्न नसकिने भन्दै पार्टी कसैको बिर्ता नभएको बताएका थिए ।
दुवै समूहको पत्रकार अन्तक्रिया कार्यक्रम क्रान्तिकारी पत्रकार संघ पाल्पाले गरेको थियो ।

Posted by Butwalonline on 2:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओवादीका फरकफरक समूह पाल्पामा"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु