प्रधानमन्त्री भट्टराईले पाएको भ्रमण भत्ता भूकम्प पीडित कोषमा
काठमाडौ, आश्विन १० - राष्ट्रसंघीय महासभा न्योयोर्क भाग लिन गएका प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले उपलब्ध गराएको भत्ता भूकम्प पीडित राहत कोषमा जम्मा गरेको छन् । उनले विदेश भ्रमण बापत प्राप्त सरकारी भत्ता राहतकोषमा जम्मा गरेका हुन् ।
प्रधामन्त्री भट्टराईले न्योयोर्क जाँदा सरकारले उपलब्ध गराएको भत्ता दुई हजार तीन सय १४ अमेरिकी डलर अर्थात एक लाख ७६ हजार तीन सय ६४ रुपैयाँ प्रप्त गरेका थिए ।
त्यस्तै अमेरिकामा रहेकी प्रधानमन्त्रीकी गुरुआमा इलेनोर इल्कीनेसले पकेट खर्च स्वरुप उपलब्ध गराएको पाँचसय अमेरिकी डलर अर्थात ३८ हजार एक सय पाँच रुपैयाँ रकम पनि राहत कोषमा जम्मा गरेका छन् ।

स्रोत :कान्तिपुर न्युज