पहाडी जिल्लामा पनि आइसियू र सिटी स्क्यान
बीएस्सी र एमबीबीएस लुम्बिनी मेडिकल पाल्पामा
| लुम्बिनी मेडिकल कजेल तथा शिक्षण अस्पताल पाल्पा | तस्वीर: मुक्तिप्रसाद न्यौपाने/ बुटवल अनलाइन |
३ सय १७ वेड क्षमता रहेको शिक्षण अस्पतालले आइ. सि. यु., सिटी स्क्यान, भिडियो इण्डोस्कोपी, न्यूरो सर्जरी, बालरोग, हाडजोर्नी, दन्त रोग, मानसिक रोग लगायतका आधुनिक सेवा प्रदान गर्दै आएको छ । पहाडी जिल्लालाई लक्षित गरेर संचालन गरेको शिक्षण अस्पतालले विभिन्न गाविसहरुमा स्वास्थ्य शिविरका साथै मातृ शिशु स्वास्थ्य कार्यक्रम, निशुल्क प्रसुति सेवा, र महिलाहरुको आङ खस्ने समस्याको समेत उपचार गदै आएको कम्पनी सचिव निर्दोष खनालले बताए । काठमाण्डौ विश्वविद्यालयका उपकुलपति डा सुरेशराज शर्माले शैक्षिक केन्द्रको रुपमा विकास गदै दक्ष जनशक्ति उत्पादन गरी चिकित्सा विज्ञानको क्षेत्रमा नमूना बनेर राज्यलाई लागनी गर्ने वातावारण सिर्जना गर्दै आएको कलेजको रुपमा यो मेडिकल कलेज नमुना रहेको बताए ।
| बिरामीहरु उपचार गराउदै तस्वीर: मुक्तिप्रसाद न्यौपाने/ बुटवल अनलाइन |
बार्षिकोउत्सवको अवसरमा विद्यार्थीहरु आशिस मैनाली, शिशिर पोखरेल, डा निलराज शर्मा, प्रा शुष्मा पन्त, रमेश खराल, सरिता पुरी, ओम बलाल, कुमीसरा नेपाली, मधावी बल्लव पौडल र डालीम काफ्ले लगायतलाई सम्मान गरेको थियो ।
भेटर्वार्ता
दश वर्षसम्म विशेषज्ञ डाक्ट अभाव कायम रहन्छ, पोखरेल
सम्भावना र चुनौतीका बिच लुम्बिनी मेडिकल तथा रिसर्च सेन्टर
मुक्तिप्रसाद न्यौपाने| प्रमुख (Chairman)गोपालबहादुर पोखरेल तस्वीर: मुक्तिप्रसाद न्यौपाने/ बुटवल अनलाइन |
१. यति ठूलो लगानी सानो क्षेत्र पाल्पामा नै किन, के उद्देश्य राख्नुभएको छ ?
पाल्पा स्वच्छ प्राकृतिक वातावरणले भरिपूर्ण, शान्त र पठनपाठनको लागि उपयुक्त स्थल जसले गर्दा विरामीलाई आरामको महशुस हुने र अध्ययनको लागि उपयुक्त वातावरण रहेको छ त्यसैले । हाम्रो प्रमुख उद्देश्य भनेको पेइङ क्यापासिटी कम भएका गरीब जनतालाई सेवा पुर्याउन रहेको छ ।
२. अहिलेसम्म कति लगानी गर्नुभएको छ ?
करिब ४० करोड लगानी भैसकेको छ, अझै दश वर्षसम्म लगानी थप्दै लग्नेछौं ।
३. कुन–कुन सेवाहरु प्रदान गर्नुभएको छ ?
सीटिस्कान, न्यूरो, सर्जन, काइनोक्लोजी, हाडजोर्नी तथा नशाका साथै ओपिडी सेवाहरु दिइरहेका छौं ।
४. नेपालमा विशेषज्ञ डाक्टरको अभाव छ भन्ने सुनिन्छ यहाा समस्या छ की छैन ?
नेपालमा विशेषज्ञको अभाव रहेको कुरा सत्य हो यहाा पनि त्यो समस्या रहेको छ र हामि कतिपय अवस्थामा भारतबाट पनि विशेषज्ञ ल्याएर काम गरिरहेका छौं । नेपालमा विशेषज्ञ डाक्टरको अझै १० वर्ष अभाव रहन्छ ।
५. कति विद्यार्थीले एमबीबीएसमा अध्ययनरत रहेकाछन् ?
सुरुवातको क्रममा ४० जनाबाट शुरु गरेपनि अहिले मूल्याङ्कन अनुसार हामिकहाा प्रत्येक वर्ष १ सय जना विद्यार्थीहरु एम.वी.वी.एस.मा अध्ययन गर्ने गरेकाछन् ।
