बिगि्रएको मिठाईबाट गुदपाक
काठमाडौ, भाद्र २० - राजधानीको न्युरोडका साझा कर्नर र श्रीकृष्ण गुदपाक भण्डारले सडेका मिठाईबाट गुदपाक बनाउने गरेको पाइएको छ । वाणिज्य विभागको अनुगमन टोलीले ती दुई पसलका ताहाचलस्थित उत्पादन भट्टीमा सडेका मिठाईमा ढलको पानी मिसाएर गुदपाक बनाइरहेको फेला परेको थियो । विभागले दूषित खाद्य उत्पादन गर्ने दुवै पसलको कारोबार बन्द गरेको छ ।
विभागका निरीक्षण अधिकृत कमलबहादुर थापाका अनुसार ती दुवै पसलको कारोबार बन्द गरी तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र दिइएको छ । विभागको अनुगमन टोलीमा जिल्ला प्रशासन, महानगरपालिका, प्रहरी र नागरिक न्यायिक उपभोक्ता मञ्चका प्रतिनिधि सहभागी थिए । 'हामीले गुदपाक पकाउने ठाउँ ज्यादै दुर्गन्धित पायौं,' निरीक्षण अधिकृत थापाले भने, 'त्यहाँ कुहिएका गुदपाक, मिठाई, खुदो र चास्नी हालेर ढलको जस्तो फोहोर पानीमा गुदपाक बनाइरहेका भेट्यौं ।' उनका अनुसार त्यसरी बनाइएका करिब
१ हजार ३ सय किलो गुदपाक विभागले त्यहीँ नष्ट गरेको थियो । त्यहाँबाट महानगरपालिकाको एउटा ट्रक थप गुदपाक नष्ट गर्न ल्याएको थियो ।
मञ्चका अध्यक्ष सहदेव गौतमले करिब ३ हजार किलो गुदपाक नष्ट गरिएको बताए । 'पहिलेदेखि गुदपाक र मिठाई अमिलो भएको जनगुनासो आएको थियो । कुहिएका गुदपाक, लाखामरी र मिठाईलाई धूलो बनाई पकाएर फेरि पुष्टकारी बनाइँदो रहेछ,' उनले भने । उनका अनुसार गुनासो बढेपछि मञ्चले नयाँ बानेश्वरको तिरुपति स्विट्स एन्ड चाट र हल्दिराम रामेश्वरम स्विट्समा अनुगमन गरेको थियो । 'ती दुई मिठाई पसलले गुदपाक बनाउन आफूकहाँबाट बिगि्रएका मिठाई लाने गरेको बताएका थिए,' उनले भने ।
विभागका महाप्रबन्धक अनिल ठाकुरले गुदपाक गुणस्तरहीन भएको उजुरीका आधारमा बजार अनुगमन गरेको बताए । 'बिगि्रएको मिठाईलगायत अखाद्य पदार्थबाट गुदपाक बनाइएको पाइयो,' उनले भने ।

साभार : कांतिपुर न्यूज