'बोक्सी भएर छोरो मारेको आरोपमा हत्या’
पर्वत, श्रावण २९ - छोरा मारेको अभियोगमा काकी र श्रीमतीको हत्या गरेको अभियुक्त भक्तबहादुर भण्डारीले खुलासा गरेका छन् । गत साउन १८ गते हँसिया प्रहार गरी श्रीमती मीना र काकी हरिकला भण्डारीको हत्या गरेका लिमिठाना ९ का अभियुक्त भण्डारीले प्रहरीसमक्ष छोरालाई काकीले बोक्सी बनेर मारेको भन्दै मदिरा सेवन गरी हत्या गरेको प्रहरीसमक्ष बताएका हुन् ।
१५ वर्षअघि माइली आमालाई किन मेरो छोरोलाई बोक्सी बनेर मारेको भन्दै पहिला उनको हत्या गरी पछि श्रीमतीको हत्या गरेको भण्डारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनका दुवै छोरामध्ये एकको १५ वर्षअघि मृत्यु भएको थियो ।
'सपनामा माइली आमाले बोक्सी बनेर मेरो छोरो मारेको देखें,' उनले प्रहरीसमक्ष भने, 'त्यही भएर बिहानभर आंँसी धार लगाएर सांँझ हत्या गरें ।' हत्यापछि फरार भण्डारीलाई कुर्घाका स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । होटल व्यवसाय गर्दै आएका भक्तबहादुरको आंँसी प्रहारबाट आमा धनसरीको कान काटिएको छ ।
घरमा गफ गरेर बसिरहेको समयमा धारिलो हतियार बोकेर पुगेका भक्तबहादुरले पहिला काकी हरिकला र पछि काकीलाई बचाउन गएकी श्रीमती मीनाको हत्या गरेका थिए । त्यस्तै आंँसी प्रहारबाट हरिकलाकी बुहारी पवित्राका दुवै हात काटिएका छन् भने पवित्राका बुवा भीमबहादुरको टाउको काटिएको छ ।
घाइते तीनै जना जिल्ला अस्पतालमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । अभियुक्तलाई भने कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइने प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए ।
साभार:कान्तिपुर