पर्वतका सबै शैक्षिक संस्था बन्द
पर्वत , श्रावण २९ - दुई बालिकाको जिउदै खोलामा फालेर हत्या भएपछि शोकमा आईतवार पर्वत जिल्लाका सबै शैक्षिक संस्था बन्द भएका छन् । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन पर्वतको आह्वानमा सबै शैक्षिक संस्था बन्द गरिएको हो ।
सदरमुकाम कुश्माबजारमा अवस्थित राष्ट्रिय बाल शिक्षा सदनमा कक्षा १ र २ मा अध्ययनरत ६ बर्षिय नमुना र ८ बर्षीय नविना तिवारीलाई बाबु कृष्ण तिवारीले साउन १५ गते राती जिउंदै मोदीखोलामा फालेर हत्या गरेका हुन् ।छोरीहरु अपहरणमा परेको नाटक रचेका तिवारीले प्रहरीको विशेष अनुसन्धान टोलीसमक्ष आफैंले हत्या गरेको स्विकारेका थिए । अभियुक्तलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै आईतवार एक दिन शैक्षिक संस्थाहरु बन्दको आह्वान गरिएको प्याब्सनका जिल्ला अध्यक्ष हिमबहादुर पौडेलले बताए ।
साभार:कान्तिपुर