|

विवरण नबुझाउने दुई सहकारी खारेज भए,सहकारीबाटै २ करोड बराबरको कारोबार

मुक्तिप्रसाद न्यौपाने,पाल्पा, साउन २८-चालु आर्थीक वर्षमा वित्तिय विवरण नुबझाएका कारण निष्कृय अवस्थामा रहेका पाल्पा जिल्लाका दुई सहकारी खारेजी भएकाछन् ।

मासिक प्रगती विवरण समेत पेश नगरेका जिल्लाको कृषक जागरण अदूवा सहकारी संस्था गल्धा र जनजागरण दुग्ध उत्पादक सहकारी संस्था यम्घा खारेज भएका हुन् । खारेज हुने सहकारी नियमित दुई वर्षसम्म डिभिजन कार्यालयसंग सम्पर्कमा नरहेकोले अनुगमन मूल्याङ्कन गरि खारेज गरिएको डिभिजन सहकारी कार्यालय पाल्पाका शाखा अधिकृत रुद्रलाल भुषाल बताउाछन् । पाल्पा जिल्लामा १ सय ६७ सहकारी रहेकाछन् । जिल्लामा रहेका सबै सहकारी उत्तिकै क्रियासिल नभएपनि अधिकांशले मासिक प्रगती विवरण र वित्तिय विवरण बुझाएका र केही बुझाउने क्रममै रहेका सहकारी अधिकृत भुषालले जानकारी दिए ।

 पाल्पा जिल्लामा बचत तथा ऋण, अदूवा र दूध तीन विषयगत संघ अन्तर्गत स्थापीत ७४ प्रारम्भीक संस्था र १ जिल्ला सहकारी संस्था पाल्पा क्रियाशिलछन् । पाल्पामा उपभोक्ता सहकारी भने स्थापित हुन सकेको छैन ।

 गाउा गाउामा सहकारी घरघरमा भकारी भन्ने सरकारको नीति अन्तर्गत यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी सहकारीहरु खुलेकाछन् । माग र आवश्यकताको आधारमा दर्ता गर्ने परिपाटी भएपनि अनुगमन र मूल्याङ्कनमा कमी भएका,े रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूपती पाण्डे बताउाछन् ।

 पाल्पामा सबैभन्दा बढी कारोबार गर्ने पाल्पा रारा बचत तथा ऋण सहकारी हो, यो सहकारीले अहिलेसम्म करीब दुई करोड कारोबार गरेको छ । त्यस्तै ग्रामीण फूलवारी बचत मस्यामले १ करोड बराबरको कारोबार गरेको छ ।   

 जिल्ला सहकारी संघ भने २०५५ सालमा दर्ता खारेज भएपछि स्थापना हुन सकेकोछैन । सहकारी मार्फत् कृषकहरुले मौरीपालन, तरकारी खेती, बङ्गुर पालनका लागि सजिलैसाग ऋण पाउने गरेकाछन् भन्छन् कृषक रामचन्द् सापकोटा ।

 सहकारी ऐन २०४८ अनुसार प्रत्येक सहकारीले मासिक प्रगती विवरण र कारोबार विवरण डिभिजन सहकारी कार्यालयलाई बुझाउनुपर्छ ।

Posted by Butwalonline on 5:07 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विवरण नबुझाउने दुई सहकारी खारेज भए,सहकारीबाटै २ करोड बराबरको कारोबार"

Leave a reply