प्रधानमन्त्री राजीनामा बुझाउन राष्ट्रपति कार्यालय जाँदै
काठमाडौं, श्रावण २९ - प्रधानमन्त्री झलनाथ खनाल राजीनामा पत्र बुझाउन साँझ ८ बजेअघि नै राष्ट्रपति कार्यालय जाँदैछन् । उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ८ बजेअघि नै राष्ट्रपति कार्यालय पुगेर प्रधानमन्त्रीले राजीनामा बुझाउने छन् ।
त्यसअघि प्रधानमन्त्री खनालले सरकारी निवास बालुवाटारमा आफ्नो राजीनामाबारे माओवादी र कांग्रेसका नेताहरुलाई जानकारी गराएका छन् । राजीनामा दिने घोषणा गरेर एमाले बैठकबाट फर्किएलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइरालालगायतका नेताहरु बालुवाटार पुगेका थिए ।
बैठकमा प्रधानमन्त्रीले आफ्नो राजीनामा र एमाले केन्द्रीय कमिटी निर्णयबारे जानकारी गराएका थिए । 'राजीनामा दिने भनेपछि सहमतिका लागि छलफल आवश्यक्तै रहेन, बैठक छोटो समयमात्र बस्यो,' प्रेस सल्लाहकार थापाले भने ।
साभार:कान्तिपुर