|

पहिरोमा पूरीएर ३ बालबालिकाको मृत्यु

रोल्पा, श्रावण १८ - मंगलबार दिउँसोबाट लगातार आएको वर्षापछि गएको पहिरोमा परी रोल्पामा तीन बालबालिकाको ज्यान गएको छ । जिल्लाको तेबाङमा एकै घरका तीन जनाको ज्यान गएको हो भने दुई गम्भीर घाइते भएका छन् ।
घरमा सुतिरहको बेला घरमाथिबाट आएको पहिरोले घर पुरिदा उनीहरको ज्यान गएको प्रहरीले जनाएको छ । राति एक बजे गएको पहिरोका कारण तेवाङ १ का बालाराम थापाक्षेत्रीको घर पुरिएको हो । घर पूर्ण रुपमा भत्काएको छ । पहिरोमा परी घरमा थापाका १२ वर्षकी छोरी नर्मा, ९ वर्षका छोरा मनु र २ वर्षका विमलको घटना स्थलमै मृत्यु भएको हो । पहिरोमा परी थापा र उनकी श्रीमती कुमारी गम्भीर घाइते भएका छन् । घाइते दुवैलाई प्राथमिक सेवा केन्द्र सुलीचौरमा उपचार जारी राखिएको छ ।
साभार:कान्तिपुर

Posted by Butwalonline on 2:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पहिरोमा पूरीएर ३ बालबालिकाको मृत्यु"

Leave a reply