पाल्पामा घरेलु वस्तुले राम्रो बजार लियो
मुक्तिप्रसाद न्यौपाने,साउन २०, पाल्पा- घरले उद्योगबाट उत्पादित वस्तुको बजार खस्किदैं गएको समयमा पाल्पामा जिल्ला भित्रै र जिल्ला बाहिर उत्पादित वस्तुले राम्रो बजार सम्बन्ध कायम गरेको छ ।
सानो पुाजी र कम लगानीमा पनि सञ्चालन गर्न सकिने भएकोले घरेलु वस्तुहरु उत्पादन गर्ने साना तथा मझौला खालका उद्योगहरु स्थापना गर्ने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कमल प्रसाद घिमिरेले अभियानलाई बताए ।
जिल्लामा यतिबेला ढाका, करुवा कफी, अदुवा, माहुरी पालन, माछापालन, जडीबुटी, पशुपालन, काष्ठकला लगायतका उद्योगहरु सञ्चालनमा रहेकाछन् । पाल्पाली करुवा र ढाकाले भने पाल्पाली बजारमात्र नभएर देशका प्रमुख शहरहरु काठमाण्डौं, विराटनगर, हेटौंडा, पोखरहरुमा पनि राम्रो बजार हिस्सा लिएको छ । देश तथा विदेशमा रहेका इष्टमित्र, दाजुभाईको लागि पनि राम्रो उपहार बन्ने गरेको छ, पाल्पाली ढाका र करुवा ।
स्थानीय बासिहरु ढाकाबाट बनेका दौरा–सुरवाल, स्टकोट, पर्स, ब्याग, टाई, पछ्यौराका साथै घरेलु साडी प्रयोग गर्दछन् । स्थानीय स्तरमै उत्पादीत उत्पादनलाई प्रयोगमा ल्याएपछि पाल्पा भित्रने आन्तरीक एवं बाह््य पर्यटक पनि वस्तुको क्रय बढी भएको बताउाछन् पाल्पाली ढाका पसलका सञ्चालक दिनेश रावल ।
बजारमा वस्तुको गुणस्तर, डिजाइन र वितरण प्रणालीनै अपुरो महशुस गरिरहेको समयमा पाल्पाको बजारलाई भने खासै असर परेको देखिंदैन । ठूला उद्योगबाट वस्तु विस्तार गर्न बढी लगानी गर्नु नसक्नुका साथै कच्चा पदार्थको नियमित आपूर्ती गर्न कठिनाई भएपनि पाल्पाली बजारमा घरेलु उत्पादनमा वृद्धि भइनै रहेको घरेलु तथा साना उद्योग कार्यालय बताउाछन् ।
नेपालले बदलिंदो समय अनुसार राम्रो उच्च प्रविधि प्रयोग गर्न आर्थिक समस्या र दक्ष प्राविधिकको कठिनाई बेहोर्नु परेपनि घरेलु उद्योगहरुका लागि कामदार पनि स्थानीय स्तरमै उपलब्ध हुने गरेको छ । आम्दानी र उपभोग क्षमताका आधारमा घरेलु वस्तुहरुको माग बढेको उद्योग वाणिज्य संघका अध्यक्ष मधुदयाल सैंजु बताउाछन् ।
मौलिक वस्तु र सेवाहरुको उत्पादन गरि स्थान विशेषको पहिचान बनाउन घरेलु तथा साना उद्योगहरु सक्षम रहेकाछन् । पाल्पामा अहिले साना–ठूला उद्योगको रुपमा ढाका तथा करुवा उद्योगहरु स्थानमा भएकाछन् । साथै घरघरमा ढाका बुन्ने तानहरु रहेकाछन् ।