|

जात्रा कपमा हाम्रो टिमको सफलता

भदौ ९, पाल्पा-पाल्पामा आयोजित जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा हाम्रो टिम तानसेनले ‘जात्रा कप’ क्रिकेटको उपाधि हात पारेको छ । उसले फाईनलमा विशालबजार क्रिकेट क्लवलाई ७६ रनले हराएर उपाधि हात पारेको हो ।
फाईनल खेलमा पहिले व्याटिङ् गरेको हाम्रो टिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २८ रन बनाउन सफल भयो । उसका लागि रविन्द्र थापाले अविजित ४३ रन बनाए भने शैलेन्द्र भटराईले २४, अमित ज्ञवालीले १४ रनको योगदान दिएका थिए । वलिङ्तर्फ विशालबजार क्रिकेट क्लव, तानसेनका विकास रजालीले २ विकेट लिएका थिए । लक्ष्य लिएको विशाल बजार १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ५६ रनमै समेटिएपछि हाम्रो टिमले सजिलै उपाधि हात पार्यो । फाईनल खेलको म्यान अफ दि म्याच हाम्रो टिमका रविन्द्र थापा भए । फाईनलमा विजयी तथा उपविजयी समुहलाई नगद १० हजार र ५ हजार प्रदान गरियो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धिरज राना, जिल्ला क्रिकेट संघका अध्यक्ष राजेश श्रेष्ठले नगद पुरस्कार, ट्रफी, मेडल प्रदान गरेका थिए । १ सय २९ रनकोल अवधिभर उत्कृष्ठ खेलेका र उत्कृष्ठ बलर राजनमान शाक्य, उत्कृष्ठ व्याट्समेन अमित ज्ञवालीलाई समेत पुरस्कृत गरियो ।

Posted by Journalist Mukti on 12:10 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जात्रा कपमा हाम्रो टिमको सफलता"

Leave a reply