पल्सर स्पोर्ट्स अवार्डमा डिस नेपालको सहकार्य
काठमाडौं– भाद्र ८
नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘पल्सर स्पोर्ट्स अवार्ड–२०६७’ मा डिस मिडिया नेटवर्क प्रँलीे सह–प्रायोजकका रुपमा जुटेको छ ।
मञ्चका अध्यक्ष निरञ्जन राजवंशी र डिस नेपाल नेटवर्कका प्रवन्ध निर्देशक रविन्द्रमान श्रेष्ठले बिहीबार आयोजित कार्यक्रमकाबीच सह–प्रायोजनको सम्झौतामा हस्ताक्षर गरे ।
मञ्चका महासचिव हेमन्त काफ्लेका अनुसार, डिस मिडिया नेटवर्कले सह–प्रायोजन स्वरुप मञ्चलाई रु २ लाख प्रदान गर्ने छ । डिस मिडियाले आठ विधाका विजेता खेलाडी र पपुलर प्लेयर अफ द इयर छान्न मत दिने मध्ये गोलाप्रथाद्वारा छानिने ५ जनाका लागि डिटिएच उपकरण उपलब्ध गराउने छ । मञ्चले सह–प्रायोजक डिस मिडिया नेटवर्कको डिटिएच सेवा डिसहोम नेपाललाई अवार्ड अवधिभरी प्रवद्र्धन गर्नेछ ।
डिस मिडिया नेटवर्कका प्रवन्ध निर्देशक श्रेष्ठले खेलकुदका क्षेत्रमा अग्रणी अवार्डको सहप्रायोजन गर्न पाउ“दा हर्षित भएको बताए । ‘हामी यो कार्यक्रमलाई धेरै भन्दा धेरै सहयोग गर्न चाहन्छौं र सहयोगले आगामी दिनमा पनि निरन्तरता रहने छ,’ श्रेष्ठले भने ‘यो खेलकुद क्षेत्रकै महत्वपूर्ण कार्यक्रम भइसकेको छ । डिसस“गको सहकार्यले यो अवार्डलाई थप उचाई दिनेमा म आशावादी छु ।’
मञ्चका अध्यक्ष राजवंशीले डिस नेटवर्कको सह–प्रायोजन एउटा अवार्डका लागि मात्र नभएर सिङ्गो नेपाली खेलकुद जगतका लागि सहयोग भएको बताए । ‘डिस मिडिया नेटवर्कले पल्सर स्पोर्टस अवार्डको सह–प्रायोजनलाई निरन्तरता दि“दा मञ्चलाई स्पोर्टस अवार्डलाई थप भब्य बनाउन हौसला मिलेको छ,’ राजवंशीले भने ।
डिस मिडिया नेटवर्कले अवार्डको सह–प्रायोजन गरेको यो दोश्रो पटक हो ।
आगामी भाद्र २५ गते आयोजना हुने अवार्डमा मञ्चले विभिन्न ८ विधामा गरी खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई पुरस्कार वितरण गर्दैछ । अवार्डमा पल्सर प्लेयर अफ द इयर पुरुष, महिला र युवा, पल्सर कोच अफ द इयर, पल्सर पाराएथ्लिट, पल्सर पपुलर प्लेयर अफ द इयर, स्पेशल अवार्ड र लाइफ टाइम अचिभमेन्ट अवार्ड विधा समावेश छन् ।
मञ्चले पपुलर प्लेयर अफ द इयरका लागि पँ“च खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ भने लाइफ टाइम अचिभमेन्ट, स्पेशल र पाराएथ्लिट बाहेकका अन्य विधामा चा“डै मनोनयन सार्वजनिक गर्नेछ ।
स्पोर्टस अवार्डका लागि हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको अटोमोबाइल ब्राण्ड पल्सर मुख्य प्रायोजकका रुपमा रहेको छ भने एभेन्युज टेलिभिजनले कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने सम्झौता भइसकेको छ । मञ्चले पपुलर प्लेयर अफ द इयर छान्नका लागि टिएचटि लाइभको ३१३१ स“ग सहकार्य गरीरहेको छ भने स्वास्थ्य सेवा प्रदायक आईएसएमई प्रालि, आईएसएमई हाउजिङ्ग, सूर्य नेपाल, डिस मिडिया नेटवर्क, जेआर स्पोर्टस सहप्रायोजक छन् ।