|

विभिन्न स्थानमा तीज गित प्रतियोगिताहरु सम्पन्न


मुक्तिप्रसाद न्यौपाने,पाल्पा, ९ भदौ-नेपाल महिला संघ पाल्पाले शुक्रबार तासेन नगरपालिका हलमा तीजगित प्रतियोगिता सम्पन्न गरेको छ । १८ वटा समूहका बिच भएको प्रतियागितामा मस्याम देविस्थान प्रथम, आर्य शान्ति समूह द्धितीय, महिला उत्साह समूह बराङ्दी ततिय र बाासटारी महिला समूहले सान्वना पुरस्कार प्राप्त गर्न सफल भएकाछन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्वना हुनेलाई क्रमश: २ हजार पााच, पन्ध्र सय पााच, एक हजार पााच रुपैयाा पुरस्कार प्रदान गर्नुका साथै सहभागि समूहलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

 महिला संघ पाल्पाकी अध्यक्ष अम्बिका भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका अध्यक्ष वीरबहादुर राना, चकोरमान शाक्य, प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरे, स्थानीय विकास अधिकारी कषचन्द्र अयाल, नगरपालीकाका अधिकत राजेन्द्रबहादुर अर्याल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । शोभा शाक्यको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन संघकी सचिव रमा पन्तले गर्नुभएको थियो ।
 
त्यसैगरी तानसेन वहुमुखी क्याम्पस पाल्पाको आयोजनामा क्याम्पसमा तीज गीत प्रतियोगीता सम्पन्न भएको छ ।  विद्यार्थीहरुले यस अवसरमा शिक्षा, जनचेतना र समसामयिक विषयवस्तुमा आधारित गीत प्रस्तुत गरेका थिए । प्रतियागितामा वसन्ती राना प्रथम, अमृता पाण्डेको समुह दोश्रो र कुशल अर्यालले तृतीय स्थान हासिल गरेका थिए । विजयी विद्यार्थीलाइ क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले नगद पुरस्कार प्रदान गदै कला र संस्कृतीको जगर्ना गर्नका लागि शैक्षिक क्षेत्र पनि लाग्नुपर्ने बताउनुभयो । उहााले भन्नुभयो शिक्षा क्षेत्र मौलिक सास्कतिको जगेर्ना गर्न र विद्यार्थीमा अन्तर निहित प्रतिभालाई उजागर गर्न पनि यस्ता कार्यक्रम गर्नु जरुरी छ । क्याम्पसका प्राध्यापक एवं मानवअधिकार एवं शान्ति समाजका कन्द्रीय सदस्य पुष्करराज रेग्मीले विद्यार्थीमा शैक्षिक चेतनाका अलावा व्यवहारिक शिक्षा आजको आवश्यकता भएको चर्चा गर्नुहुादै भोलिका राष्ट्र निर्माता एवं सेवक आजका विद्यार्थी भएको बताउनुभयो ।   कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक ओमप्रकाश मौर्यको अध्यक्षतामा भएको थियो । प्रतियोगीतामा एकल र सयुक्त गरी ६ समुहको सहभागिता थियो ।

Posted by Butwalonline on 5:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विभिन्न स्थानमा तीज गित प्रतियोगिताहरु सम्पन्न"

Leave a reply