कुटपिटबाट महिलाको मृत्यु
लहान, श्रावण २० - जग्गा सम्वन्धी विवादमा कुटपीटबाट गर्भ खेर गएपछि उपचार गराइरहेकी एक महिलाको बिहीबार राति मृत्यु भएको छ ।
वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक लालध्वज सुवेदीका अनुसार घरबाटो सम्वन्धी विवादमा जेठ ३१ गते आफन्तको कुटाईबाट चार महिने गर्भ खेर गएका सिरहा गोविन्दपुर-२ का २५ वषर्ीय सीतादेवि महतोको बिराटनगरस्थित नोवेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पटक पटक जग्गा विवाद हुदै आएको परिवारमा बाटोको विषयमा ससुरा बाजे खुशीलाल महतो लगायत सन्तोष महतो, राधेश्याम महतोले मृतक सीतादेवी लगायत उनका पति देव कुमार महतो र परिवारलाई कुटपीट गरेका थिए । कुटपीटका क्रममा चार महिने गर्भवती सीतादेवीको गर्भ तुहिएपछि डेढ महिनादेखि बिराटनगर नोवेल अस्पतालमा उपचार भइरहेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले घटनामा संलग्न खुशीलाल महतोलाई पक्राउ गरेको छ । कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
साभार:कान्तिपुर