बञ्चरो प्रहार गरी दाजुका हत्या
ताप्लेजुङ, श्रावण २० - ताप्लेजुङको साँवामा बञ्चरो प्रहार गरी आफ्नै भाईले दाजुको हत्या गरेको छ । सावा ९ बस्ने बर्ष ५६ का चन्द्रमहावीर साँवा (लिम्बु )लाई बर्ष ४७ का भाइ मुकुन्दसिंह साँवाले गएराती १० वजे बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिला देखिनै अंशको बिषयमा विवाद रहेका उनिहरु बिच हिजो केटाकेटीले पिङ खेलेको बिषयमा भएको प्रहरीले जनाएको छ । अभियुक्त मुकुन्दलाइ प्रहरीले पक्राउ गरी सदरमुकाम ल्याउदै गरेको प्रहरीले जनाएको छ । घटना स्थल सदरमुकामबाट ६ घण्टाको पैदल दुरी पर्दछ ।
साभार:कान्तिपुर