चितवनमा प्रहरीको गोली लागी एक घाइते
२९ असार, चितवन । पुर्वी चितवनको खैरहनीमा प्रहरीले चलाएको गोली लागेर बुधबार बिहान एक सर्वसाधारण घाइते भइका छन् ।
गोली लागेर घाइते हुनेमा स्थानीयय विनोद चौधरी रहेको चितवन प्रहरीका प्रमुख उपरीक्षक रबिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । घाइते चौधरीलाई उपचारका लागि भरतपुर मेडिकल कले पुर्याइएको छ । गत २३ मा भएको सवारी दुर्घटनाको विषयलाई लिएर सडक अवरुद्ध गर्न जम्मा भएका स्थानीय बासिन्दा र सवारी चालकबीच विवाद भएपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले गरेको हवाई फायर गरेको थियो ।
दुर्घटनाका घाइते तथा मृतकका परिवारलाइ बिमा कम्पनीले राहात उपलव्ध गराउने सहमति भएपनि क्षतिपूर्ति नदिएको भन्दै स्थानीय सडकमा उत्रिएका हुन् । स्थानीय बासिन्दा र चालहरुबीचको विवादले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्न प्रहरी बाध्य भएको उपरीक्षक शर्माको भनाइ छ । घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अन्र्तगत लोथर-नारायणगढ सडकखण्ड अवरुद्ध पारेका छन् ।
Source:onlinekhabar