|

माओवादी कार्यकर्ताद्वारा प्राचार्य कुटिए

धनगढी, असार २९ - एकीकृत माओवादी कार्यकर्ताले स्थानीय एक उच्च माविका प्राचार्यलाई मरणाशन्न हुने गरी कुटपिट गरेका छन्। विद्यालयमा प्राचार्य राख्ने विवादबारे कुरा गर्न भन्दै राष्ट्रिय उच्च माविका प्राचार्य कर्ण भण्डारीलाई सुख्खडस्थित झरना होटलमा लगेर माओवादी क्षेत्र नं ४ का इन्चार्ज खुसीराम चौधरीले कुटपिट गरेको सहप्राचार्य देवेन्द्रकुमार प्रसाईंले बताए। 
सेती अञ्चल अस्पताल धनगढी ल्याइँदासम्म भण्डारी बेहोस छन्। चिकित्सक रूपेशकान्त मिश्रका अनुसार उनको अवस्था खतरामुक्त छ।
विद्यालय व्यवस्थापन समितिले हटाए पनि भण्डारीलाई प्राचार्यमा पुनर्बहाली माग गर्दै पाँच विद्यार्थी संगठनले असार १६ देखि विद्यालय तालाबन्दी गरेपछि विवाद चर्केको थियो।
माओवादी समर्थित विद्यार्थी संगठनले असार २४ गते ताला तोडेकोमा मंगलबार पाँच विद्यार्थी संगठनले फेरि लगाएका थिए।
कैलालीका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले कुटपिट गर्नेलाई पक्राउ गर्न निर्देशन दिइसकेको बताए।
कैलालीका प्रहरी उपरीक्षक बसन्त पन्तले  
भण्डारीलाई प्रहरीले निगरानीमा राख्दाराख्दै घटना भएको र कुटपिट गर्नेलाई प्रहरी खोजिरहेको बताए।
व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण निउरेले भने कुटपिट घटनाबारे आफूलाई जानकारी नभएको बताए।

source:nagariknews

Posted by Butwalonline on 7:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओवादी कार्यकर्ताद्वारा प्राचार्य कुटिए"

Leave a reply