|

आज १ सय ९८ औं भानु जयन्ति


२९ असार, काठमाडौँ । आदिकवी भानुभक्त आचार्यको १ सय ९८ औं जन्मजयन्ति आज राजधानी लगायत मुलुकका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइंदै छ ।
भानु जयन्तिका अवसरमा भानु साहित्यिक प्रतिष्ठानको आयोजनामा राजधानीमा आज बिहानै एक प्रभातफेरि निकालिएको छ । प्रधानमन्त्री झलनाथ खनाल र साहित्यकार, तथा साहित्य अनुरागीहरुको सहभागितामा भानुभक्तको शालिक भएको स्थान रानीपोखरीबाट सुरु भएको प्रभातफेरि कमलादीस्थित प्रज्ञा भपनमा पुगेर सकिएको थियो । प्रभातफेरि पछि प्रज्ञा भवनमा अहिले साहित्यकारहरुले भानुझक्तको सम्झनामा उहाँका कृतिहरुको बाचन गरिरहेका छन् । भानु जयन्तीका अवसरमा आजै भानुभक्तको जन्म भएको तनहुाको चुँदीरम्घामा पनि एक विशेष कार्यक्रम आयोजना गरिएको छ ।
जटिल संस्कृत भाषामा लेखिएको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेर नेपाली साहित्यमा अतुलनीय योगदान दिएका आचार्यले रामायण बाहेक प्रश्नोत्तरी, भक्तमाला, बधुशिक्षा, रामगिता जस्ता उत्कृष्ट कृति र फुटकर कविताहरु पनि लेख्नु भएको छ । आचार्यको ५५ वर्षको विसं. १८७१ असार २९ गते आजैका दिन जन्मनु भएका आचार्यको ५५ वर्षको उमेरमा विसं . १९२६ मा निधन भएको थियो ।
source:Onlinekhabar

Posted by Butwalonline on 7:11 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज १ सय ९८ औं भानु जयन्ति"

Leave a reply