|

सीटीईभीटी बिरूद्ध सर्वोच्चमा रिट

काठमाडौ, श्रावण ११ - नर्सिङ कलेजको भर्ना प्रक्रियामा सीटीईभीटीले लापरबाही गरेको भन्दै बुटवलको एक कलेज सञ्चालकले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।



सीटीईभीटीले बुटवलको सामुदायिक स्वास्थ्य प्रतिष्ठान मेडिटेक इन्टरनेशनल एकाडेमीको भर्नाको फारम वितरण गर्न अनुमति दिएपनि प्रवेश परीक्षाका लागि अनुमति दिएको छैन ।


सीटीईभीटी बिरूद्ध मेडिटेकका प्रवन्ध निर्देशक मिलन ज्ञवालीले रिट दायर गरेका हुन् । घुस नदिएकै आरोपमा प्रवेश परिक्षामा समावेश नगरेको सञ्चालकले आरोप लगाएका छन् । २०६६ सालमा सीटीईभीटीबाट दुईबर्षका लागि अस्थायी सम्बन्धन लिएर तीन बर्षे प्रमाणपत्र तहको नर्सिङ्गको अध्ययन सुरु गराईएको मेडिटेक नर्सिङ्ग कलेजले शैक्षिक सत्र ०६८/६९ का लागि नविकरण समेत गरिसकेको छ ।


कलेजले तेश्रो व्याचका लागि सबै प्रक्रिया पुरा गरि परिषद कै स्वीकृतिमा कलेजले भर्ना फाराम बितरण गरेको संचालक रघुनाथ गिरीले बताए । ६० जना बिद्यार्थीलाई फाराम बितरण गरी प्रवेश परीक्षाको तयारीमा रहेको बेला परिषद्ले गत ७ गतेको सूचनामा परीक्षा केन्द्र नै नतोकी बिधार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको उनले बताए । परिषद्ले सुनुयोजित रुपमै फाराम भरेका बिद्यार्थीले प्रवेश परीक्षामा सहभागी गर्न नपाउने गरि परीक्षा केन्द्र नतोकेको गिरीले बताए ।


कलेज तथा अस्पतालको निरिक्षण नै नगरी परिषद्का उपाध्यक्ष गोपाल खनाल र सदस्य सचिब जयबहादुर टण्डनले आफैले निरिक्षण गरेको झूटो कागज बनाएर पूर्वाधार नपुगेको आरोप लगाउदै प्रवेश परीक्षा रोकेको गिरीले बताए । कलेजको स्वीकृति लिदा समेत सीटीईभीटीका सदस्य सचिवलाई २४ लाख रूपैया घुस खुवाएको सञ्चालकले बताए । 'सम्बन्धन लिन पनि २४ लाख रूपैया नदिएसम्म गरिदिएनन,' कलेजका एक सञ्चालकले घुस खुवाउँदा बैकमा जम्मा गरेको रसिद देखाउदै भने-'अहिले पनि पैसा चाहि मागेका छैन, उनीहरूको आशय चाँही पैसा लिने हो ।'


सीटीईभीटी अन्तर्गत सञ्चालित धेरै नर्सिङ कलेजको आफनै अस्पताल समेत छैन । त्यस्तै नाम चलेको अस्पतालको कलजेका विद्यार्थीलाई आफनै अस्तपालमा छिर्न समेत दिदैनन । तर यो कलेजकेा आफनै अस्पताल हुदा समेत विभिन्न बाहना बनाएर प्रवेश परीक्षामा रोक लगाएको छ । प्रवेश परीक्ष्ााको तयारीमा रहेको विद्यार्थीको केन्द्र नतोक्दा अन्यौलमा रहेको छ ।
साभार:कान्तिपुर

Posted by Butwalonline on 8:11 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सीटीईभीटी बिरूद्ध सर्वोच्चमा रिट"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु