|

महराको राजीनामा स्वीकृत भएन

काठमाडौ, श्रावण ११ - उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले सोमवार पदबाट दिएको राजीनामा स्वीकृत भएको



छैन । राजीनामा दिएकाले उनी मंगलबार मन्त्रालय गएनन् । शान्ति सुरक्षामा नकारात्मक असर नपरोस् भनेर बुधबार गृहसचिव लीलामणि पौडेलले सुरक्षासम्बन्धी छलफल गर्न मातहतका प्रमुखको बैठक बोलाए ।


पार्टीले माओवादीका मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरिसकेकाले नयाँ समूहलाई सरकारमा सहभागी गराउन मार्गप्रशस्त गर्न महराले राजीनामा दिएका हुन् । मन्त्री महराका परिवारका अधिकांश सदस्य मंगलबार दिनभर मन्त्री क्वाटरबाट सामान सारिरहेका थिए । राजीनामा स्वीकृत नभएको महरामात्र क्वाटरमा छन् ।


महराले पदमा रहँदा चढेको वा१झ ४९७२ को जिप र वा१झ ५२६२ नम्बरको सरकारी कार दुवै मन्त्रालयलाई फिर्ता गरेका छन् । महराले पूर्वगृहमन्त्रीको हैसियतले राज्यबाट पाउने इन्धन, गाडी मर्मतलगायतका सुविधा नलिने बताएका छन् ।
साभार:कान्तिपुर

Posted by Butwalonline on 8:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महराको राजीनामा स्वीकृत भएन"

Leave a reply

ताजा अपडेट

सर्वाधिक लोकप्रिय

तपाईंका प्रतिक्रियाहरु