मन्दिर प्रवेशमा रोक लगाएकाहरुले माफ मागे
विनोद परियार, बुटवल रुपन्देही,११ साउन । रुपन्देहीको शंकरनगरमा डेरा गरि बस्ने पुनम विकलाई पुजामा रोक लगाउएका गैरदलित महिलाहरुले माफ मागपछि मिलापत्र भएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलमा दुवै पक्षका विचमा भएको छलफलमा पुजामा रोक लगाउने तथा दुब्र्यब्हानर गरेका गैर दलित महिलाहरुले भुलबस आफुहरुले गल्ति गरेको र अबदेखि सार्वजनिक मन्दिरमा जातको आधारमा विभेद नगर्ने प्रतिबद्धता जनाएपछि मिलपापत्र भएको हो ।
पिडित पुनम विकको जाहेरीको आधारमा रुपन्देहीमा क्रियाशिल विभिन्न दलित संघसंस्था,मानवअधिकारकर्मिहरुको रोहबरमा भएको छलफलमा स्थानिय गैर दलित महिलाहरुले अबदेखि कहिल्यै पनि छुवाछुतजन्य, ब्यबहार नगर्ने भन्दै भुलसुधार गर्ने लिखित प्रतिबद्धता गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । गत साउन ३ गते मंगल चौथीको अवसरमा शंकरनगर गाविस स्थित जानकीनगरमा रहेको दुर्गा मन्दिरमा पुजा गर्न जांदा त्यहाका स्थानीय महीला सीता केसी, सीवा क्षेत्री, साहीली भाउजु भन्ने महीला र मन्दिरका पुजारी जर्नादन ज्ञवालीले छुवाछुत तथा भेदभाव पुर्ण व्यवहार गरेको भन्दै पिडितले जाहेरी दिएका थिए ।
यसअघि पिडित पुनम विकलाई न्याय दिलाउन दलित महीला संघ रुपन्देहीको संयोजकत्वमा दलित मुक्ति मोर्चा, नेपाल उत्पीडित जातिय मुक्ति समाज,दलित संघ,दलित वर्ग उत्थान जिल्ला समिति, महीला पैरवी मञ्च, र दलित अधिकार संजाल सहितको समिति गठन गरिएको थियो ।सोही समितिको पहलमा दुवै पक्षलाई राखेर मिलापत्र गरिएको र पिडकहरुले माफी मागेकाले मिलापत्र गरिएको दलित महिला संघ रुपन्देहीका मनु खड्काले जानकारी दिनुभयो ।
