ट्रकको ठक्करले पत्रकारको मृत्यु
परासी, श्रावण १२ - गएराती पौने नौ बजे ट्रकको ठक्करबाट नवलपरासीका एक पत्रकारको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्गमा बुटवलबाट नारायणगढतर्फ गईरहेको ना२ख ५९४५ नम्बरको ट्रकले वर्दघाटबाट लु४प ८०३३ नम्बरको मोटरसाईकलमा परासी घर फर्कंदै गर्दा ठक्कर दिंदा पत्रकार महेश पन्तको मृत्यु भएको हो ।
रामग्राम नगरपालिका ३ बस्ने पन्तलाई नवलपरासी रामनगर गाविसको हरकट्टामा ठक्कर दिए पछि घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाईकलमै बसेकी परासीकै माला न्यौपाने गम्भिर घाईते भएको र उनको उपचारका लागि भरतपुर मेडिकल कलेज पठाईएको प्रहरीले जनाएको छ । ट्रकले अर्को गाडीलाई उछिन्दै (ओभरटेक) गर्दा आफ्नै साईडमा रहेका पत्रकार पन्तलाई ठक्कर दिन पुगेको प्रहरीको अनुमान छ ।
रेडियो दाउन्नेमा कार्यरत पन्त नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलरासीका पूर्वकोषाध्यक्ष हुन् । उनको मृत्युप्रति नवलपरासीका नेपाल पत्रकार महासंघ जिल्ला शाखा, प्रेस चौतारी, प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघलगायतले पत्रकार दुःख ब्यक्त गरेका छन् ।
साभार:कान्तिपुर