|

ब्रोडलिंकको २५६ केबीपीएसको इन्टरनेट ९ सयमा

काठमाडौ, श्रावण ११ - वाइफाई इन्टरनेट सेवा प्रदान गरिरहेको ब्रोडलिंकले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले बुधबारदेखि २ सय ५६ केबीपीएसको इन्टरनेट ८ सय ९९ रुपैयाँमा दिने जनाएको छ । ग्राहकले एक महिनासम्म यो योजनामा अनलिमिटेड इन्टरनेट सेवा पाउनेछन् । यो मूल्य भ्याटसहित हो ।
'ग्राहकलाई सस्तो मूल्यमा उच्च गतिको वाइफाई इन्टरनेट सेवा दिन यो योजना ल्याएका हौं,' कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद तिमल्सिनाले भने, 'डायलअप र ६४ केबीपीएस क्षमताको इन्टरनेट हराएको बेला १ सय २८ र १ सय ९२ केबीपीएस गतिको इन्टरनेटसमेत विस्तारै विस्थापन गर्न लागेका हौं ।'
नयाँ योजनासँगै कम्पनीले १ सय २८ केबीपीएस गतिको इन्टरनेट सेवा बन्द गर्ने भएको छ । अहिले यो गतिको इन्टरनेट चलाउनेलाई समेत २ सय ५६ केबीपीएस दिइने कम्पनीले जनाएको छ ।
उनले ३ जिवी डाटा ४ सय ९९ रुपैयाँमा चलाउन दिने योजना धेरै सफल भएको बताए । यस योजनाअन्तर्गत ग्राहकले ५ एमबीपीएस गतिको इन्टरनेट सेवा लिइरहेका छन् ।
साभार:कान्तिपुर

Posted by Butwalonline on 8:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ब्रोडलिंकको २५६ केबीपीएसको इन्टरनेट ९ सयमा"

Leave a reply