|

शिक्षामा लगानी बढाऔ : पूर्व प्रम नेपाल

बुटवल, असार २१ - पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकलाई आर्थिक संवृद्धितिर डोर्‍याउन राज्यले शिक्षामा लगानी बृद्धि गर्नुपर्ने बताएका छन्। शिक्षामा गरेको लगानीले विश्वका विभिन्न मुलुकले आर्थिक उन्नतिको फड्को मारेको उदाहरण प्रस्तुत गर्दै उनले शिक्षामा गरेको लगानीबाट पाठ सिक्नुपर्ने बताए।
अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले जिल्लाबाट एसएलसी परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण विद्यार्थीहरुको सम्मान कार्यक्रममा मंगलबार बुटवलमा नेता नेपालले राज्यको सबैभन्दा प्राथमिकताको क्षेत्र शिक्षा हुनुपर्ने बताए।
सो अवसरमा उनले मलेसिया, थाइल्याण्ड, अमेरिका जस्ता राष्ट्र र भारतको बिहार प्रान्तले समेत शिक्षामा गरेको लगानीकै कारण आर्थिक रुपले फड्को मार्न सफल भएको उदाहरण दिएका थिए।
शैक्षिक जनशक्तिका आकर्षणको केन्द्र राजनीति बन्न नसक्दा शैक्षिक परिवर्तन हुन नसकेको र त्यसको प्रभाव मुलुकको आर्थिक विकासमा परेको नेपालको भनाई छ
त्यस अवसरमा जिल्लामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल ४१ वटा विद्यालय र विशिष्ठ श्रेणीमा उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र र अविर लगाएर नेता नेपालले सम्मान गरेका थिए। यसवर्षको एसएलसीमा रुपन्देहीबाट ९ सय ९४ जना विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन्।

Source:Nagariknews

Posted by Butwalonline on 6:52 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शिक्षामा लगानी बढाऔ : पूर्व प्रम नेपाल"

Leave a reply