पश्चिमाञ्चल स्तरीय सुरक्षा भेला पोखरामा हुँदै
२१ असार, पोखरा । गृहमन्त्रालयको आयोजनामा पश्चिमाञ्चल स्तरीय दुईदिने क्षेत्रीय सुरक्षा भेला आजदेखि पेाखरामा सुरु हुँदैछ ।
भेलाको उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले एक विशेष समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ । भेलामा सहभागी हुन मन्त्री महरा, गृहसचिव लीलामणि पौडेल र तीनवटै सुरक्षा निकायका प्रमुख सोमबारै पोखरा आएका छन् ।
सुरक्षा भेलामा क्षेत्रीय प्रशासक, पश्चिमाञ्चल क्षेत्रका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पैमुखहरु सहभागी हुने छन् । भेलाले पश्चिमाञ्चलको हालको सुरक्षा अवस्थाको समीक्षा, शान्ति सुरक्षा कायम गर्ने कार्यमा उत्पन्न चुनौती र आगामी सुरक्षा रणनीतिबारे निर्णय लिने गृहमन्त्री महराका प्रेस सहयोगी मनोज घर्तीले अनलाइनखवरलाई
यसअघि मञ्यमाञ्चल स्तरीय सुरक्षा भेला गत असार ८ र ९ गते काभ्रेको धुलिखेल र पूर्वी क्षेत्रको सुरक्षा भेला १५ र १६ असारमा विराटनगरमा आयोजना गरिएका थिए । ती दुवै भेलाले सुरक्षा व्यवस्था कमजोर हुनुमा राजनीतिक हस्तक्षेप मुख्य कारण रहेको निष्कर्षसहित सुरक्षामा थप कडाइ र सतर्कता अपनाउने निर्णय गरेको थियो ।
Source:onlinekhabar