|

यात्रुबस त्रिशुलीमा खस्दा २ को मृत्यु

२१ असार, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट-१ रातमाटे सडकखण्डबाट बुधबार बिहान यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म मृतकहरुको पहिचान खुल्न सकेको छैन । दुर्घटना हुादा यात्रारत अन्य ३२ जनाको प्रहरी र स्थानीय बासीको पहलमा उद्धार गरिएको छ । उदयपुरको कटारीबाट काठमाडौँतर्फ आउँदै गरेको ना४ख ४४२९ नम्बरको यात्रुबस बिहान ४ बजेतिर सडकबाट अन्दाजी ५० मिटर तल त्रिशुलीमा खसेर दुर्घटनाग्रस्त भएको धादिङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी एक महिलाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारका क्रममा मृत्यु भएको र अर्का एक जना घटनास्थलमै मृत अवस्थामा भेटिएको वेनीघाट प्रहरीले जनाएको छ । घटनामा घाइते भएकाहरुको गजुरी र मलेखुस्थित स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भैरहेको छ । बसमा कति यात्रु थिए भन्ने यकिन भइनसेकेकाले केही त्रिशुली नदीमा बेपत्ता भएको हुनसक्ने प्रहरीको आशंका छ । बस पानीमा आधा डुवेको अवस्थामा रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

Source:Onlinekhabar

Posted by Butwalonline on 5:41 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यात्रुबस त्रिशुलीमा खस्दा २ को मृत्यु"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु