|

भारतमा नेपाली महिलाको हत्या

२१ असार, काठमाडौँ । घरेलु कामदारका रुपमा कार्यरत एक नेपाली महिलाको भारतमा मंगलबार हत्या भएको छ ।
भारतको पूणे गंगागाउँस्थित नेपाली मुलका शुकबहादुर तामाङको घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी ३० वर्षीया सञ्जु तामाङको हत्या भएको स्थानीय प्रहरीले जनाएको छ । शुकबहादुर घर बाहिर रहेका बेला भारतीय डाँकाहरुको एक समूह घरमा प्रवेश गरी सञ्जुको घाँटी थिचेर हत्या गरेको बताइएको छ ।
हत्यारा समूहले सञजुको साथबाट ४० हजार भारतीय रुपैयाँ र त्यत्ति नै मुल्य पर्ने गरगहना लुटेर लगेको बताइएको छ । मृतकको नेपालस्थित ठेगाना भने खुल्न सकेको छैन ।

Source:Onlinekhabar

Posted by Butwalonline on 6:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतमा नेपाली महिलाको हत्या"

Leave a reply

ताजा अपडेट

सर्वाधिक लोकप्रिय

तपाईंका प्रतिक्रियाहरु