|

पहिरोको ढुंगाले थिचेर महिलाको मृत्यु

समुन्द्र पौडेल, तनहुँ, असार २३- पहिरोसँगै आएको ढुङ्गाले लागेर बुधबार राति तनहुँमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दिपुर-१ डुम्रे बजार निबासी वर्ष २७ की धनुकुमारी प्रधान रहेको डुम्रे प्रहरी चौकीले जनाएको छ। 
भान्साकोठामा खाना पकाइरहेको समयमा घरमाथीबाट पहिरोसंगै आएको ढुङगाले थिचेर प्रधानको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी उनका श्रीमान दिनेश प्रधान घाइते भएका छन्। घाइते प्रधानको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ। 

श्रेष्ठ दम्पति डुम्रे बजारमा संचालित बन्दिपुर टेण्ट हाउसका संचालक हुन्। 

२०४१ सालमा सोही घर आडको घरमा आएको पहिरोमा पुरिएर ५ जनाको ज्यान गएको थियो।




Source:nagariknews

Posted by Butwalonline on 7:44 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पहिरोको ढुंगाले थिचेर महिलाको मृत्यु"

Leave a reply