टेलिकमको अन्तर्राष्ट्रिय कल महसुल घट्ने
काठमाडौँ । नेपाल टेलिकमले आफ्ना उपभोक्तालाई सहुलियतपूर्ण दरमा सेवा उपलब्ध गराउने क्रममा एक्सेस कोडमार्फत अन्तर्राष्ट्रिय कल सेवामा असार १७ गतेदेखि लागू हुनेगरी महसुल दर घटाएको छ ।
टेलिकमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार एक्सेस कोड प्रयोग गरेर अन्तर्राष्ट्रिय कल सेवाको दरमा परिमार्जित गरेअनुरूप आगामी दिनमा सो संस्थाको सेवा प्रयोग गर्दै अन्तर्राष्ट्रिय कल गर्दा करबाहेक भारतका लागि दुई रुपैयाँ ९० पैसा प्रतिमिनेट लाग्ने भएको छ ।
यसअघि भारततर्फ त्यस्तो सेवा प्रयोग गर्दा चार रुपैयाँ प्रतिमिनेट लाग्थ्यो । त्यसैगरी कतार, साउदी अरेबिया, यूएई, बहराइन र कुबेतजस्ता मुलुकका लागि त्यस्ता सेवा प्रयोग गर्दा करबाहेक २० रुपैयाँ लाग्दै आएकामा अब भने १२ रुपैयाँ प्रतिमिनेट मात्र लाग्ने टेलिकमले जनाएको छ ।
स्रोत :अनलाइनखबर
टेलिकमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार एक्सेस कोड प्रयोग गरेर अन्तर्राष्ट्रिय कल सेवाको दरमा परिमार्जित गरेअनुरूप आगामी दिनमा सो संस्थाको सेवा प्रयोग गर्दै अन्तर्राष्ट्रिय कल गर्दा करबाहेक भारतका लागि दुई रुपैयाँ ९० पैसा प्रतिमिनेट लाग्ने भएको छ ।यसअघि भारततर्फ त्यस्तो सेवा प्रयोग गर्दा चार रुपैयाँ प्रतिमिनेट लाग्थ्यो । त्यसैगरी कतार, साउदी अरेबिया, यूएई, बहराइन र कुबेतजस्ता मुलुकका लागि त्यस्ता सेवा प्रयोग गर्दा करबाहेक २० रुपैयाँ लाग्दै आएकामा अब भने १२ रुपैयाँ प्रतिमिनेट मात्र लाग्ने टेलिकमले जनाएको छ ।
स्रोत :अनलाइनखबर
