लेदो हटाएपछि राजमार्ग संचालन
भरतपुर, अषाढ १७ - पुथ्वीराजमार्ग अन्तर्गत मुग्लिन नजिकै चितवनको दारेचोक गाबिस ४ सिमलधारमा झरेको लेदो डोजरले हटाएपछि सवारी आवागमन संचालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पानी पर्ने बित्तिकै लेदो झर्ने गरेकाले त्यस क्षेत्रमा पटक पटक सवारी आवागमन बन्द भइरहेको छ । बिहान ५ बजे झरेको लेदो प्रहरीले डोजर लाएर हटाएको हो । राजमार्ग भन्दा माथि चितवनकै तामिन जाने सडक खनिएकाले लेदो झर्ने गरेको हो । दुइ दिन देखि झरी परिरहेकाले जतिखेर सकै पहिरो झर्ने खतरा रहेको प्रहरीले जनाएको छ ।
स्रोत: कान्तिपुर