घर डुबानमा परेका बाढीपीडित उपर लाठीचार्ज, एक दर्जन घाइते
सुनसरी, अषाढ १७ - घर डुबानमा परेपछि कोसी राजमार्ग खण्डको दुहबी बजार पुगेर प्रदर्शन र सडक जाम गरिरहेका बाढी पीडितउपर प्रहरीले आज लाठीचार्ज गरेकोछ ।
दुहबी-४ कृष्णनगरका वासिन्दाले कोसी राजमार्ग खण्डको दुहबीमा चक्काजाम गरेपछि प्रहरीले बाटो खुलाउन हस्तक्षेप गर्दा एक दर्जन पिडित घाइते भएका छन् । पानी निकास हुनुपर्नेलगायतका माग राखि सडकमा उत्रेका पिडितलाई प्रहरीले सहयोग गर्नुको साटो दमन गरेपछि पिडितलाई प्रहरीविरुद्ध नारावाजी गरेका छन् ।
सुनसरी औद्योगिक करिडोर क्षेत्रका ५० भन्दा बढी उद्योगमा पानी पसेर जलमग्न भएका छन् । टेङ्ग्रा, बुढी र सेउतीलगायतका खोलामा आएको बाढीले महत्वपूर्ण ३ वटा पुल उच्च जोखिममा परेका छन भने पुल आसपासका सुकुम्वासी वस्तीमा कटान सुरु गरेकोछ ।
अविरल वर्षाले रोपिएका धान खेती डुबाएको छ भने बिउसमेत क्षती पुर्याएकोछ । सीमावर्ती क्षेत्रका आधा दर्जन गाविसमा पर्वल, रामतोरिया, मकै, सागसब्जीलगायतका बाली नष्ट गरेकोछ । कृषि प्राविधिक कृष्णकुमार यादवले क्षतीको पूर्ण विवरण आउन नसकेको बताए ।
सुनसरी प्रशासनले आज बिहानैदेखि बाढीग्रस्त क्षेत्रको स्थलगत अध्ययन सुरु गरेकोछ भने जिल्ला विकास समिति सुनसरीको आग्रहमा सेउती र बुढी खोलाका ३ पुल आसपास सुरक्षा तैनाथी बढाएकोछ । स्थानीय विकास अधिकारी प्रेम भट्टराईकाअनुसार खोलानाला आसपासका सुकुम्वासीवस्तीमा जोखिम देखिएको अवस्थामा सुरक्षित स्थानमा सार्न मातहतका निकायमा आग्रह गरिएकोछ ।
बाढीले दुई सयभन्दा बढी घर डुबानमा
निरन्तरको वर्षाले सुनसरीको पकली र दुहबीका दुई वडामा २ सयभन्दा बढी घर डुबानमा परेका छन् । पकली-५ सुकुम्वासी वस्तीका सयभन्दा बढी घर परिवार सामान घरमै राखेर सुरक्षित स्थानतर्फ लागेका छन् भने दुहबी-४ मा १ जलमग्न भएका सयभन्दा बढी घरका परिवारले प्रशासनले बेवास्ता गरेको भन्दै प्रदर्शन गरेका छन् । पकली-५ मा ३ सय मिटर कच्ची सडकसमेत पानीले पुरेकोछ । बुढी खोलाले इटहरीदेखि दुहबीसम्म झण्डै २ बिघा जग्गा कटान गरेकोछ । वर्षाले हिलाम्य भएकाले साप्ताहिक हाट बजारसमेत प्रभावित भएकाछन् ।
स्रोत: कान्तिपुर

उता, अविरल वर्षापछि सुनसरी इटहरीस्थित टेङ्ग्रा खोलामा आएको बाढीले तटवन्ध भत्काएकोछ । तटवन्ध भत्केपछि इटहरीको ७ र ९ वडाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । नियन्त्रणका लागि सशस्त्र र नेपाली सेना परिचालन गरिएकोछ । अविरल वर्षाले सुनसरीको खनार, सोनापुर, बक्लौरी, पकली, दुहबीलगायत क्षेत्रमा ५ सयभन्दा बढी घर डुबानमा परेका छन भने सुनसरी करिडोरका उद्योगमा पानी पसेर उत्पादनसमेत प्रभावित भएकोछ ।
सुनसरीका विभिन्न क्षेत्र डुबानमा, ३ पुल उच्च जोसखममा
केही दिनदेखिको निरन्तर वर्षाले सुनसरीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । पानीको निकास नभएपछि इटहरीका केही वडासहित खनार, मधेली, सोनापुर, बक्लौरीलगायतका क्षेत्र डुबानमा परेका छन् ।