सुरक्षाकर्मीहरूको ठूलो समूह बिहीबार चीन भ्रमणका लागि उड्यो
काठमाडौं, अषाढ १७ - गृह मन्त्रालय मातहतका प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीहरूको ठूलो समूह बिहीबार चीन भ्रमणका लागि गएको छ । चिनियाँ दूतावासले भ्रमणलाई औपचारिता दिन 'ट्रेनिङ वर्कसप फर सिनियर सेक्युरिटी अफिसर्स, एक्सक्लुसिभ फर नेपाल' नाम दिएको छ ।
झन्डै दुई दर्जन नेपाली अधिकारीहरूलाई बेइजिङ आसपासका क्षेत्र घुमाउने यो भ्रमण दुई साताको हुनेछ । 'गृहका उच्च अधिकृतहरूको आग्रहमा वर्षमा दुईपटक जति यस्तो भ्रमणका लागि चिनियाँ दूतावासले चाहेजति कोटा दिने गरेको छ,' मन्त्रालयका एक अधिकारीले भने ।
उनका अनुसार यो कुनै तालिम वा कार्यशालाभन्दा पनि नेपाली अधिकारीलाई घुमाउने कार्यक्रम हो । दूतावासबाट सुरक्षासम्बन्धी कार्य हेर्ने सैनिक सहचारी सिनियर कर्णेल चेङ जिहोङको संयोजनमा यस्तो भ्रमण हुनेगर्छ । दूतावासले उपलब्ध गराउने यो कोटालाई गृह र मातहतका सुरक्षा निकायले विभिन्न समयमा राम्रो काम गर्ने, अन्यायमा परेका र निकटकालाई विदेश घुम्न पठाउने अवसरको रूपमा लिने गरेका छन् ।
भ्रमणमा संलग्न अधिकृतहरूसँग चीनका नयाँ राजदूतको परिचय गराउन मंगलबार साँझ काठमाडौंमा रात्रिभोजसमेत गरिएको थियो । भोजमा भ्रमणमा जाने अधिकारीसहित गृह मन्त्रालय मातहतका उच्च अधिकृत, प्रहरी महानिरीक्षकद्वय र चिनियाँ राजदूत पनि सहभागी थिए ।
चीन जाने टोलीमा गृहका दुई सहसचिव, नेपाल प्रहरीका दस, सशस्त्र प्रहरीका छ, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका एक/एक जना अधिकृत छन् । नेपाल प्रहरीबाट केन्द्रीय र उपत्यकाका दुवै प्रवक्ता भ्रमण टोलीमा छन् । टोलीमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिना, डीआईजी नवराज ढकाल, एसएसपीहरू गणेश केसी, सुरेश केसी, हेमन्तबहादुर पाल, माधवप्रसाद नेपाल, जनकबहादुर सिंह, रोमेन्द्रसिंह देउजा, रमेशप्रसाद फुयाल, लक्ष्मण न्यौपाने छन् ।
सशस्त्रबाट एआईजी शैलेन्द्रकुमार श्रेष्ठ, डीआईजीद्वय भीष्मकान्त अर्याल र दुर्जकुमार राई, एसएसपीत्रय शैलेन्द्र खनाल, जानकीराज भट्टराई र बाबुराम पाण्डे छन् । राष्ट्रिय अनुसन्धान विभागबाट एसएसपी रमेश भण्डारी र नेपाली सेनाका अनुज बस्नेत छन् । गृह मन्त्रालयका सहसचिवमा कञ्चनपुर र बर्दियाका तत्कालीन प्रजिअहरू वासुदेव दाहाल र रामकृष्ण सुवेदी छन् ।
स्रोत: कान्तिपुर