वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढ्दै,१९ गाविसमा डुबानको खतरा
१९ गाविसमा डुबानको खतरा-परासी, असार १७- नवलपरासीमा वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीमा यस वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। वर्षासँगै बाढी आएपछि नारायणी नदीमा अहिले करिब २ लाख ५० हजार क्युसेक प्रति सेकेण्ड पानी प्रवाह भइरहेको गण्डक सङ्घर्ष समिति नवलपरासीका सचिव प्रेमचन्द्र गुप्ताले बताए।
नारायणी नदीमा रहेको १२ नम्बर ठोकर जीर्ण भएकाले यस वर्ष १२ नम्बर ठोकर फुट्ने खतरा देखिएको छ भने नदीको धारले वर्षासँगै ५ नम्बर ठोकरको दुबैतर्फको जग्गा कटान गर्न सुरु गरेको छ। यसका कारण अहिले सुस्ता र पक्लीहवावासी त्रसित छन्। नदीमा पानी बढ्ने क्रम रोकिएको छैन।
यही गतिमा पानी बढ्दै जाने हो भने १२ नम्बर ठोकर भत्किने संभावना छ। - सचिव गुप्ताले बताए।
भारत सरकारले गण्डक सम्झौता अनुसार बाँध समय समयमा मर्मत नगर्दा जीर्ण बन्दै गएको कारण बाँध र ठोकरहरू भत्किने खतरा रहेको स्थानीय समाजसेवी देवकरण जयसवालले बताए।
अहिले त्रिवेणी क्षेत्रमा २ सय बिगाहा जमिन कटान गरिसकेको छ भने ठोकर नम्बर २ र ३ को बीच भागको जग्गा धनेवा खोलाले पक्लीहवा क्षेत्रमा कटान गरिरहको छ।
यसरी नदीमा पानी बढ्दै गएपछि नारायणी नदी वरपर रहेका सीमावर्ती क्षेत्रका विभिन्न १६ वटा गाउँ डुवानमा पर्ने खतरा बढेको छ।
नारायणी नदीमा पानी बढ्दै गएकाले ठोकर नजिकका भागहरू पनि भत्काउन सुरु गरेको र पानी पसेमा त्रिवेणी सुस्ता, पक्लीहवा, नर्सही गाविसका १६ गाउँ जलमग्न हुने खतरा बढेर गएको छ। १२ नम्बर ठोकर गत वर्ष नारायणी नदीमा चार लाख २५ हजार क्युसेक पानीको बहाव आउँदा क्षति पुर्याएको थियो।
गत वर्ष नारायणी नदीको गण्डक क्षेत्र अन्तरगतको ठोकर, स्पर तथा बाँधहरू सामान्य मर्मत भएको र यसवर्ष मर्मतको कुनै काम नभएकाले गण्डकको ठोकर तथा बाँध भत्कने सम्भावना बढेर गएको हो।
गण्डक ब्यारेज निर्माण गर्दा नदीको क्षमता साढे आठ लाख क्युसेक पानी थेग्न सक्ने गरी निर्माण गरिने लक्ष्य राखेको भएपनि निर्माण पूरा हुँदा साढे सात लाख क्युसेक मात्र पानीको क्षमता थाम्न सक्ने गरी तयार भएको थियो।
नारायणी नदीमा पानीको सतह बढेर १२ नम्बर ठोकर पूर्णरूपमा भत्किएमा नदी आसपासमा पर्ने पक्लीहवा, ठूलोखैरटवा, नर्सही, गुठिप्रसौनी, भुजहवा, प्रतापपुर, कुडिया, रूपौलियालगायत १९ गाविस डुवानमा पर्नसक्छन्। रासस
स्रोत: नागरिक न्युज