पत्रकारहरुले शुक्रबार सांकेतिक विरोधस्वरुप सिठ्ठी बजाउने
१७ असार, काठमाडौँ । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रममा संलग्न एमाले समर्थित युथफोर्स कार्यकर्तालाई कानूनी दायरमा ल्याउन माग गर्दै आन्दोलनरत देशभरका पत्रकारहरुले शुक्रबार सांकेतिक विरोधस्वरुप सिठ्ठी फुक्ने भएका छन् ।
आक्रमणको मुख्य योजनाकार आरोपी एमाले युवा संघ मोरङ उपाध्यक्ष परशुराम बस्नेतलाई कारबाही गर्न सरकारको ध्यानकर्षण गराउने उद्देश्यले नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरुले सिठ्ठी फुक्ने भएका हुन् ।
महासंघका महासचिव ओम शर्माले अपरान्ह १ बजे राजधानीमा मुलुकको केन्द्रीय प्रशासन केन्द्र सिंहदरवार नजिकै रहेको माइतीघर मण्डलामा र राजधानी बाहिर जिल्ला प्रशासन कार्यालय अगाडि १५ मिनेट सिठ्ठी फुक्ने कार्यक्रम तय गरिएको अनलानखवरलाई जानकारी दिनुभयो ।
सञ्चारकर्मी र सञ्चारमाध्यममाथि लगातार हुँदै आएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलन अन्तर्गत दोस्रो चरणको कार्यक्रम सिठ्ठी फुकेर सकिने बताइएको छ ।
स्रोत :अनलाइनखबर