|

बस दुर्घटनामा नौ यात्रु घाइते

२२ असार, विराटनगर । मोरङको सुन्दरपुर-९ मा बुधबार बिहान भएको सवारी दुर्घटनामा नौ यात्रु घाइते भएका छन् ।
पश्चिमबाट झाफातर्फ गइरहेको ना३ख ४२७९ नम्बरको बस एक्कासि दुर्घटना हुँदा त्यसमा सवार नौ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये केहीको इटहरीस्थित सामुदायिक अस्पताल र केहीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ बसका चालक भने फरार रहेको मोरङ प्रहरीले जनाएको छ ।

Source:onlinekhabar

Posted by Butwalonline on 7:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बस दुर्घटनामा नौ यात्रु घाइते"

Leave a reply