|

पहिरोले मुग्लिन नौबिसे सडकखण्ड अवरुद्ध

२२ असार,धादिङ । पृथ्वी राजगमार्ग अन्तर्गत धादिङको गजुरीस्थित सेतीखोला नजिकै पहिरो जाँदा सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ ।
पहिरोले माथिबाट खसेको ढुंगा र माटोको थुप्रोका सडकमा थुपि्रएकाले सडक अवरद्ध भएको हो । पहिरोका कारण सडक अवरुद्ध भएपछि सयौंको संख्यामा सवारी साधन बिच सडकमै अलपत्र परेका छन् । पहिरो पन्छाएर एकतर्फी रुपमा भने पनि सडक सञ्चालमा ल्याउने तयारी भइरहेको गजुरी प्रहरीले जनाएको छ ।
लगातारको वर्षातका कारण पहिरो जाँदा केही दिनयता पृथ्वी राजमार्ग लगातार अवरुद्ध हुँदै आएको छ ।

Source:onlinekhabar

Posted by Butwalonline on 7:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पहिरोले मुग्लिन नौबिसे सडकखण्ड अवरुद्ध"

Leave a reply