|

पेट्रोलियम मदजुरले आयलनिगम घेर्दै

२२ असार, काठमाडौँ । पेट्रोलियम डिलर्स एसोशियसनले आफूहरुसाग गरेको सहमति पालना नभएको विरोधमा पेट्रोल पम्पहरुमा कार्यरत मदजुर र कर्मचारीले आज काठमाडौँको बबरमहलस्थित आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन् ।
पेट्रोल पम्पहरुमा कार्यरत मजदुरहरुलाई नियुक्तिपत्र दिने, हालको तलव सुविधामा वृद्धि गर्ने तथा पोशाकको व्यवस्था र कल्याणकारी कोष स्थापना गर्ने द्वीपक्षीय सहमति पालना व्यवसायीले नगरेको विरोधमा उनीहरुले निगम घेराउ गर्न लागेका हुन् । अखिल नेपाल पेट्रोलियम मदजुर संघका केन्द्रीय सदस्य नवराज भट्टले बिहान ११ देखि मध्यान्हृ १२ बजेसम्म कार्यालय घेराउ गरी निगम व्यवस्थापनलाई सहमति कार्यान्वयनका लागि मध्यस्तताको काम गरिदिन दबाब दिन लागिएको अनलाइनखवरलाई जानकारी दिनुभयो ।
विभिन्न माग राखी चरणबद्ध आन्दोलनमा उत्रिएका मजदुर र व्यवसायीबीच पाँच महिनाअघि लिखित सहमति भएको थियो । मदजुरका माग गत १ चैत सम्ममा सम्वोधन गरिसक्ने विषयमा सहमत भएका पेट्रोल पम्प व्यवसायीले सहमति पालना नगरेकाले बाध्य भएर फेरि आन्दोलनमा उत्रनु परेको भट्टले बताउनुभयो ।

Source:onlinekhabar

Posted by Butwalonline on 7:34 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पेट्रोलियम मदजुरले आयलनिगम घेर्दै"

Leave a reply